logo

पत्रकार साहलाई धम्की दिनेलाई कारवाही गरः महासंघ पर्सा

 इसीमाना सम्वाददाता     २०८१ पौष १९ गते ०९: १९ मा प्रकाशित     572   पटक पढिएको

बीरगंज । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवम वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तानव र दबाबप्रति  नेपाल पत्रकार महासंघ पर्साले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ पर्साका सचिव बिजय महतोले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै  सिधा कुरा डट कममा  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित एक कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि’का व्यक्तिलाई पार्टीमा प्रवेश गराएको सम्बन्धी समाचार लेखेको बाहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्ट्याटस लेख्नु/लेख्न लगाउनु आपत्तिजनक भएको जनाएका छन ।


प्रकाशित समाचारप्रति चित्त नबुझेको अवस्थामा कानूनी उपचारको विधि र प्रक्रिया हुँदाहुँदै सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यमप्रतिको बक्रदृष्टि हो ।

 

विगत केही समययता राजनीतिकदेखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यहारलाई महासंघले नजिकबाट नियालिरहेको छ बिज्ञप्तिमा भनिएको छ । 


अतः लोकतन्त्र र विधिको शासनको पक्षमा उभिएका सञ्चारकर्मीमाथिको यो व्यवहार र यसबाट पत्रकारहरूमा पर्न गएको असुरक्षाप्रति सरोकार राख्ने पक्ष तथा निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीलाई सामाजिक सञ्जालबाट धाकधम्की दिने र मानमर्दन गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन महासंघले बिज्ञीपत मार्फत माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.