logo

अलौबासी रिले अनशनमा ,टाउकोमा टाँका लागेका लामिछाने पनि सडकमा

 इसीमाना सम्वाददाता     २०८१ असोज २१ गते ०९: ५६ मा प्रकाशित     590   पटक पढिएको

बीरगंज । पानीको निकासका बिषयमा बीरगंज महानगरको वडा नं १७ मा असामान्य अवस्था बन्यो । बीरगंज महानगरका प्रमुख राजेशमानसिंह गम्भिर बिवादमा तानिए ।

 

उनको सहभागितामा स्थान्ीयहरुले कुटाई खाए । सुर्दशन लामिछानेको टाउकोमा ६ वटा टाँका लागेको छ । ७२ वर्षिय शिवओम लामिछाने जो नेपाली कांग्रेसका बुथ सभापति हुन ।

 

स्थापीत समाजिक कार्यकर्ता समाजकालागि पाका र आदरणीय ब्यक्तित्व हुन । महानगरप्रमुखले आफनो कलर समातेर अपमान र दूब्र्यवहार गरेको उनले आक्रोशपूर्ण आरोप छ ।

 

महानगर प्रमुखको तर्फबाट घटनाको बिषयमा कुनै सार्वजनीक टिप्पणी गरिएको छैन । मासिक हजारौ रकम खर्चेर परिचालन गरिएको महानगरप्रमुखको सचिवालयले यस बिषयमा कुनै धारणा सार्वजनीक गरेको छैन ।

 

सचिवालयका मान्छेहरु सोमवार आफना घरायसी र परिवारिक काममा ब्यस्त भएका टिप्पणीहरु संचार माध्यममा सार्वजनीक भएका छन ।


अलौका नागरिक भने महानगर प्रमुखले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनको बिरोधमा रिले अनशनमा उत्रिएका छन ।टाउकोमा ६ वटा टाँका लागेको सुर्दशन लामिछाने पनि अनशनमा छन ।

 

महानगरप्रमुखले नागरिकको अपेक्षालाई सम्बोधन गर्न सुझबुझपूर्ण काम गर्न नसकेको आरोप उनीहरुको छ । महानगरप्रमुखले अलौका नागरिक संग सम्बादका माध्यमले बिवादको हल निकाल्न अगुवाई गर्नु पर्ने उनीहरुको माँग छ ।


गत १० गते देखी १२ गते सम्म परेको पानी अलौको उत्तर तर्फ अठराह सुगौली तर्फ जमेको र त्यसको निकासको खोजीको क्रममा अलौ तर्फ पानीको बहाव गर्दा अलौका नागरिकको घरमा पस्ने र धानवाली डुवानमा पर्ने भएकोले समस्या देखा परेको हो ।

 

सुगौली रअलौ दुबै तर्फको आवास वाली जोगिने गरि बिकल्प खोजन महानगरप्रमुखले ध्यान नदिएको अलौबासीको गुनासो रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.