logo

भारी वर्षाको सम्भावना भएकोले सुरक्षीत रहन पर्साका प्रजिअ भूषालको आपिल, राहत र उद्धारकालागि स्थानीय प्रशासन तयारी अवस्थामा

 इसीमाना सम्वाददाता     २०८१ असोज १० गते ०७: ३५ मा प्रकाशित     567   पटक पढिएको

बीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले बिहिवार साँझ एक सूचना प्रकाशीत गरि भारी वर्षा हुने मौसम विज्ञान विभागले प्रक्षेपण गरेकोेले सावधानी अपनाउन आग्रह गरेका छन ।


मौसम बिज्ञान बिभागले बुधवार मौसम पूर्वानुमान सूचना प्काशीत गद्र्यै मधेशका तीन जिल्ला पर्सा सिराह र सप्तरीलाई “रेड जोन”मा राखेको थियो ।

 

मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएकोले तराइ भू–भागका केही स्थानहरुमा हावा हुरीको समेत जोखिम रहेको जिल्ला प्रशासन कार्यालय पर्सा जनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले विपतका यस्ता जोखिमहरुबाट पर्न सक्ने क्षतीबाट सुरक्षीत रहन सबैलाई सावधानी अपनाउन अपील गरेका हुन् ।

उनले जिल्लाका सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् जनसमुदायलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

‘जल तथा मौसम विज्ञान विभागको सूचना बमोजिम देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने तथा सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

‘सो सूूचना बमोजिम मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र तराई भू–भागका केहि स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको जानकारी प्राप्त भएकाले जिल्लास्थित सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् सम्पूर्ण जनसमुदायलाई सजग रहन, सुरक्षित रहन र आवश्यक सावधानीका उपायहरु अवलम्बन गर्न अपील गर्दछु ।’

वर्षा, बाढी तथा हावा हुरीबाट हुन सक्ने सम्भावित क्षती न्यूनीकरण गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भुषालको आग्रह छ ।


सम्भावीत बिपदको ब्यवस्थापनकालागि स्थानीय प्शासनले पूर्व तयारी गरेको छ । पर्सा जिल्लामा बाढी डुवान र हावाहुरीको प्रकोप हुन सक्ने भन्दै क्षती न्यूनीकरणकालागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भूषालले बताए ।


उनले राहत र उद्धारकालागि बोटको ब्यवस्थापन, सेल्टरकालागि ४ हजार थान टेन्टको ब्यवस्थापन, ३८ स्थानमा पिबतमा परेका नागरिकलाई राख्नकालागि पूर्व तयारी गरिएको प्रजिअ भूषालले बताए ।

 

राहत र उद्धारकालागि तालीमा पप्त ३ सय ५० जनाको जनशक्ति १ हजार प्रहरीको परिचालन र खाद्यन आपूर्तीकालागि स्थानीय नीजि संघ संस्थाहरु तयारी अवस्थामा रहेको उनले बताए ।

 

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका जिल्ला भरिका सबै युनिटहरु पनि राहत र उद्धारकालागि तयारी अवस्थामा रहेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.