logo

अख्तियार प्रति अनेक सवाल,अनियमितताको आरोप लागेका हक हटाइए ,उपाध्याय ल्याइए 

      6/30/2019 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

बीरगंज १५ असार ।
नारायाणी अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. एनामुल हकको सरुवा भएको छ । किलीया मेशीन साटेर अनियमितता गरेको । हाइड्रोजन प्यारोक्साइड खरिदमा अनियमितता गरेको । प्रदेश सरकारको निर्देशन बिपरित आर्थिक नजराना लिएर कर्मचारी भर्ना गरेर अस्पताललाई आर्थिक रुपमा कमजोर बनाएको ।

औषधीको आपूर्तीमा अनियमितता गरेको । क्याथल्यावको ठेक्का प्रकरणमा ठेकेदार संग पैसा लिएर सेटिङ मिलाएको लगायतका अनेकौ आरोप लागे पछि कारवाहीको प्रक्रिया शुरु गर्नु पर्नेमा संघीय सरकारले सरुवा गरेर दण्डहिनतालाई प्रश्रय दिएको छ ।

 

अनियमितता गर्नेहरुको मनोवल बढाएको छ । उनीहरुलाई प्रसंशा गरेको छ । पछिल्लो पटक ग्लोब्सको आपूर्तीका लागि आव्हान गरिएको टेण्डरमा ब्राण्डको नाम लेखेरै अन्य ब्राण्डलाई प्रतिस्पर्धा गर्नबाट बन्चित राख्ने सम्मको काम सार्वजनीक हुदा समेत मेसु जोगाउनका लागि सरुवा मात्र हुनुलाई पर्साको चिकित्सा क्षेत्रले “निराशाजनक ” भन्ने प्रतिक्रिया दिएको छ । 


संघीय सरकारमा स्वास्थ्य मंत्रालयको जिम्मेवारी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लिएका छन । प्रदेश सरकार समेत समाजवादी पार्टीको नेतृत्वमा रहेको छ । प्रदेश सरकारले केथल्यावको टेण्डर प्रक्रिया सेटिङगमा ब्यवस्थापन गर्ने अवधी सम्मकालागि डा .हकको बीरगंज अस्पतालबाट सरुवा नहुने कुरा सुनिश्चित रहेको गाईगुई चलेकै थियो ।

 

कैथल्यावको काम पनि सकिनु डा.हकको सरुवा पनि हुनुलाई त्यही गाईगुईको सेरोफोरेमा हेर्न थालिएको छ । यो वीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले छापामारी गरि कतिपय महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

 

त्यस सम्बन्धमा अनुसन्धान काहा पुग्यो भन्ने कुुरा आयोगले सार्वजनीक गरेको पनि छैन । न मुद्धा दर्ता भयो न अनियमितता गर्ने सम्भावनालाई रोक्न आयोग सफल भयो । आयोगको यो खाले प्रवृतिका कारण उसको बिश्वसनियता माथि नै गम्भिर प्रश्न उठेको छ ।

 

आयोगको कार्यालयमा अस्पतालका बिषयमा अन्य उजुरीहरु पनि दर्ता छन । तिनका बिषयमा पनि आयोगले के ग¥यो भन्ने कुरा उजुरी कर्ताले चाल पाएका छैनन । लामो समय नहुदा आयोगका कर्मचारी पनि “सेटिङमै ” त परेनन भन्ने आशंका ब्याप्त छ । 


आयोगले समेत छापा मारेको त्यति हुदा हुदै पनि निष्फिक्रि रुपमा अनियमितताको आरोप लाग्ने गरि काम गर्दै आइरहेका डा.हकको सरुवाको पछाडी अर्को स्वार्थ रहेको पनि आशंका गर्न थालिएको छ । बीरगंजमा टर्सरी अस्पतालको निर्माण हुदै छ ।

 

त्यसकोलागि ११ औ तहको कन्र्फम अफिसर चाहिने भएकाले जगेडामा राखिएका मदन उपाध्यायलाई बीरगंजमा सरुवा गरिएको बुmिभएको छ । नारायणी अस्पतालको जिम्मेवारी डा मदन उपाध्यायलाई दिइएको छ । यसअघि डा उपाध्यायलाई कुनै जिम्मेवारी दिइएको थिएन। उनी मन्त्रालयमै हाजिर गर्दै आएका थिए।

बिमा बोर्डका निर्देशकको जिम्मेवारी सम्हालेका डा उपाध्यायलाई मन्त्रालयमा लगेर भूमिका विहिन बनाइएको थियो।

 स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईले कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर भएको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.