logo

प्रदेश कैं पहिलो पानी प्रशोधन केन्द्र संचालनमा आयो

      6/29/2019 गते 00 00 मा प्रकाशित     2145   पटक पढिएको

वीरगन्ज १४ असार  ।
 वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं .२ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ ।

 

शनिबार बिहान नगर प्रमुख बिजय कुमार सरावगी,प्रोजक्ट प्रमुख शैलेन्द्र श्रेष्ठ,कन्सल्टेन्ट कम्पनिका प्राविधिक र ठेक्केदार कम्पनिका प्रमुखहरुको उपस्थितिमा प्लान्टाको परिक्षण संचालन सुरु गरिएको हो ।वीरगन्जको श्रीपुर तेजारथ टोल देखि छपकैया सम्मको घरबाट निश्किने प्रदुशित पानीलाई ल्याएर शुद्धगरी श्रीसिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।लगभग १० विगाह क्षेत्रफलमा निर्माण भएको  प्लान्ट १२ करोडकोे लगातमा निर्माण भएको हो । 


 नगरक्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन पश्चात सिर्सिया खोलामा बगाउदा यसले पर्यावरण संरक्षणमा ठुलोटेवा पु¥याउने महानगपालिकाका प्रमुख बिजय कुमार सरावगीले विश्वास व्यक्त गरे । उनले केन्द्रबाट प्रशोधित भई निस्किने पानी तथा मललाई कृषि प्रयोजनका लागि उपयोग गर्न सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धन अगाडी बढाइएको बताए ।

 

नगरमा रहेका घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाई सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिए  । उनले नगरक्षेत्रका घरबाट संकलित एक करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको उहाले बताए ।  


 संचालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौं रुपैयाको मल उत्पादन हुने महानगरपालिकाले जनाएको छ । ऐशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११  प्रतिशत र महानगरपालिकाको  ८ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.