logo

पूर्वाधार ,शिक्षा स्वास्थ्य र कृषि बीरगंज महानगरको प्रथामिकता

      6/24/2019 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

वीरगन्ज , ९ अषाढ ।
समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको मुख्य सडकबारेमा महानगरपालिकाले गरेको निर्णय सहि भएको बताउदै त्यसैलाई संघीय सरकारले लागु गर्नुपर्ने बताए  ।

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभालाई सम्बोधन गर्दै सांसद यादवले वीरगन्जको मुख्य सडक १५मिटर भन्दा वढी टुटनु नहुने बताए । संघीय सरकारसंग यस सडकको बारेमा कुनै बजेट नभएपनि सडक बिभागले सुचना निकालेर वीरगन्जासीलाई तर्साउन कार्य मात्र गरेको बताए  ।उनले पार्टी स्वार्थबाट माथी उठेर  वीरगन्जको विकासमा सबै जनप्रतिनिधिहरुलाई एकवद्धताका साथ लाग्न अनुरोध गरे  ।


     सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६÷०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट  प्रस्तुत गरेको छ । 


नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गरेका छन।


 प्रस्तुत बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । 


यसैगरि आगामी आर्थिक वर्षमा कूल खर्च मध्ये सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा  २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ । यस्तै आर्थिक विकास क्षेत्रमा  २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा  ७१ करोड ८२ लाख ७२ हजार र कार्यालय संचलन तर्फ  ७६ करोड ३४ लाख ६८ हजार ८ सय खर्च हुने अनुमान गरिएको  छ । 


 महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना ९च्ग्म्ए० तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजना ९क्त्क्ष्ग्भ्क्ष्ए० का लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख,  समपुरक कोषमा  २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा  १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा  १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि  ३ करोड ,  शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र  स्वास्थ्य तर्फ  १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 


महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको श्रोत मध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट  ४४ करोड १४ लाख, राजश्व वाँडफाँडबाट । २६ करोड ७४ लाख र सशर्त अनुदानबाट  ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
 त्यसै गरि प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनबाट  ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फबाट  ६ करोड, सरसफाई सेवा शुल्कबाट  १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदानबाट  २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋणबाट  ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्डबाट  १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 


आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र सोको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाई, कृषि, सिंचाई, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगंज अभियान, हरित वीरगंज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगंजलाई प्राथामिकता दिएको छ । 


 महानगरपालिकाले आगामी आर्थिक बर्ष देखि एकिकृत सम्पतिकर हटाई घर र घरले चर्चेको बढीमा दुईगुणा जग्गामा सम्पति कर र खालि जग्गामा भूमि कर ९मालपोत० लगाईने, घर बहाल कर १२ प्रतिशतले लाग्दै आएकोमा आगामी आर्थिक बर्ष देखि १० प्रतिशत मात्र लिइने, व्यवसाय करलाई समसामयिक र व्यवहारिक बनाई हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नविकरण नभएका व्यवसायका लागि २०७६ असोज भित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिवानामा छुट गर्ने जनाएको छ । 


 त्यस्तै सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै निजी सवारी साधनमा पटके शुल्क हटाईएको छ । गैर सरकारी संघ संस्थाहरुलाई लगाइदै आएको व्यवसाय कर ३ हजार खारेज गरि सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ । 


सोमबार देखि शुरु नगरसभा अधिवेशनमा नगर प्रमुख सरावगीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटका विषयमा मङगलवार सम्म छलफल चल्ने बताइएको छ ।


  मङगलवार नै नगरसभा अधिवेशन सकिने छ । सोमबार नगरसभा अधिवेशनको उद्घाटन समारोहमा  प्रदेशसभा सदस्यहरु ओम प्रकाश शर्मा , विभा यादव र करिमा बेगम , उपप्रमुख शान्ति कार्की , सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो । 


        उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै , प्रदेश सभा प्रतिनिधी ओमप्रकास शर्मा, करिमा बेगम, भिमा यादव लगायतका वक्ताहरुले महानगरपालिकाले प्रस्तुत गरेको बजेट धेरै राम्रो भएको बताउदै यसको कार्यान्वयनमा जोड दिनु मुख्य आवश्यकता भएको बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.