logo

बीरगंजको मुख्य सडक अतिक्रमण गर्नेहरुलाई बिभागको सूचना पन्ध्र दिन भित्र संरचना खाली गर

      6/22/2019 गते 00 00 मा प्रकाशित     5626   पटक पढिएको


बीरगंज ७ असार । 
बीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने भएको छ । बीरगंजलाई आधुनीक शहरको रुपमा हेर्न चाहनेहरुले त्रिभूवन राजपथ सडकको वीच सेन्टरबाट दाया बाया २५ २५ मिटर चौडा गर्ने १५ दिने सूचना शनिवार जारी भएपछि बीरगंजको स्वरुपमा परिर्वतनको सपान देख्नेहरु खुशी भएका छन ।

तराईलाई संघीय राजधानीसँग जोड्ने  त्रिभुवन राजपथअन्तर्गत बीरगंज दामेचौर सडक खण्डामा २५र२५ मिटर सडक  फराकिलो बनाइने भएको छ । 


सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सडक डिभिजन हेटौंडामार्फत राजमार्ग विस्तारका लागि १५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ।


कार्यालयले महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर)सम्म तथा त्रिभुवन राजपथको वीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग र राजपथको दायाँ र बायाँ २५र२५ मिटर सडक अतिक्रमण गरी बनाइउका घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो।

विभागले असार ७ गते शनिबारको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ।

यसअघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सूचना प्रकाशित गर्दै  त्रिभुवन राजपथको वीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजपथको दाँया र बाँया २५र २५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो।

त्रिभूवनव राजमार्ग बि.स. २०१३ मा भारत सरकारको सहयोगमा तयार भएको हो । राजा त्रिभूवनको सम्झनामा राजमार्गको नाम त्रिभूवन राजपथ राखिएको हो । त्यतीबेला मुलुकमा सडक सम्बन्धी ऐन थिएन ।

२०३१ सालमा बनेको सार्वजनीक सडक ऐनले सडकको परिभाषा गर्दै त्यसले चर्चने जग्गाको सडकको दाया बायाको क्षेत्रफलको बारेमा पनि काूननी ब्यवस्था गरेको छ । ऐन अनुसार त्रिभून राजपथको बीच सेन्टरबाट दाँया वाँया २५ २५ मिटर सडकको हकभोग वाला जमिन हो ।

पछिल्लो समय ब्यक्तिले त्यसलाइए अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेका छन । बिभागले त्यही संरचना भत्काएर सडक फराकिलो बनाउने प्रयोजनकोलागि सूचना प्रकाशीत गरेको हो ।


सार्वजनीक सडक ऐन २०३१ को दफा ३ मा  सार्वजनिक सडकहरूको वर्गीकरण तथा तिनको सडक सीमा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सडकलाई  राजमार्ग,सहायक मार्ग,  जिल्ला मार्ग, र  शहरी मार्गमा वर्गीकरण गरी त्यस्तो सडकको केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर एकतीस मीटरमा नबढाई सडक सीमा तोक्नेछ ।

 

तर एकै किसिमको सडकको सम्पूर्ण लम्बाईमा पनि भौगोलिक स्थिति (टोपोग्राफी) र बस्तीको कारण त्यस्तो सडक सीमा कम वेग गर्न वा पुल तथा पुलको वरपर नदीको तटवन्ध सुरक्षाको लागि चार किल्ला समेत खोली आवश्यक सीमा तोक्न सक्ने उल्लेख  ।

 

सोही कानूनको दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख छ । सोही ऐनको  दफा २१ मा घर टहरा वा अन्य संरचना हटाउदा सडक बिभागको लाग्ने खर्च समेत सरोकारवाल ब्यक्तिसंग बाट असुल उपर गर्न सक्ने ब्यवस्था रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.