logo

वीरगञ्जका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी र सिसिटिभी क्यामेरा जडान 

      6/10/2019 गते 00 00 मा प्रकाशित     1482   पटक पढिएको

वीरगञ्ज २७ जेठ
। वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाका भित्र रहेको  १ सय वटै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । वीरगञ्ज घण्टाघर स्थित रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिगरेका हुन । 
 
महानगरको शिक्षालाई गुणस्तरीय बनाउन सबै समुदायीक बिद्यालयहरुमा यस्तो प्राविधि लागु भइरहेको उनको भनाई छ । इहाजिरीले  शिक्षकलाई थप जिम्मेवार बनाउछ भने सिसिटिभीले विद्यार्थी शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउने विश्वास प्रमुख सरावगीले ब्यक्त गरे ।

 

  सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि तीन वर्ष भित्र वीरगञ्जका सबै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी जडान भईसक्ने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी गराए   । छिट्टै १८ वटा माविमा काम अगाडी बढ्छ उनले भने अर्को वर्ष निमावि र त्यसपछि प्राविमा पनि जडान गर्छौ ।’  


सामुदायिक विद्यालयमा जडान गरिएका सिसिटिभी क्यामेराको निगरानीका लागि महानगरपालिकामा निगरानी कक्ष निर्माण गरिएको बताउदै उनले विद्युतिय हाजिरी र सिसिटिभी क्यामेराको जडानले शिक्षकलाई जिम्मेवार, सजग र सचेत बनाउने दावी गरे ।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले आधुनिक प्रविधिले कुनैपनि ठाउँमा बसेर विद्यालय हेर्न सकिने अवस्था बनाएको बताए ।

 

‘ विद्युतिय हाजिरी र सिसिटीभी क्यामेरा जडान गर्न एउटा विद्यालयमा ३ लाख जति मात्रै खर्च भएको छ, एउटा सुपरभाईजर राख्दा त्यो भन्दा बढी नै लाग्ला’ उनले भने  ‘ प्रविधि मार्फत बिहानदेखि रातिसम्म विद्यालयमा हुने सबै गतिविधि थाहा हुने अवस्था बनेको छ ।’ प्रविधियुक्त भएर मात्रै नहुने यसको सदुपयोग गर्दै विद्यालयको शैक्षिक विकासमा सरोकारवाला सबै केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो । 


कार्यक्रममा,समाजवादी शिक्षक फोरमका केन्द्रीय अध्यक्ष बृजमोहन तिवारी,सिद्धार्थ माविका प्रअ राजेश पाण्डे, गया चौरसियालगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।  महानगरपालिकाले झण्डै ३ लाख रुपैयाँको लागतमा रेल्वे माविमा २८ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.