logo

वीरगञ्जका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी र सिसिटिभी क्यामेरा जडान 

      6/10/2019 गते 00 00 मा प्रकाशित     1601   पटक पढिएको

वीरगञ्ज २७ जेठ
। वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाका भित्र रहेको  १ सय वटै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । वीरगञ्ज घण्टाघर स्थित रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिगरेका हुन । 
 
महानगरको शिक्षालाई गुणस्तरीय बनाउन सबै समुदायीक बिद्यालयहरुमा यस्तो प्राविधि लागु भइरहेको उनको भनाई छ । इहाजिरीले  शिक्षकलाई थप जिम्मेवार बनाउछ भने सिसिटिभीले विद्यार्थी शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउने विश्वास प्रमुख सरावगीले ब्यक्त गरे ।

 

  सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि तीन वर्ष भित्र वीरगञ्जका सबै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी जडान भईसक्ने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी गराए   । छिट्टै १८ वटा माविमा काम अगाडी बढ्छ उनले भने अर्को वर्ष निमावि र त्यसपछि प्राविमा पनि जडान गर्छौ ।’  


सामुदायिक विद्यालयमा जडान गरिएका सिसिटिभी क्यामेराको निगरानीका लागि महानगरपालिकामा निगरानी कक्ष निर्माण गरिएको बताउदै उनले विद्युतिय हाजिरी र सिसिटिभी क्यामेराको जडानले शिक्षकलाई जिम्मेवार, सजग र सचेत बनाउने दावी गरे ।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले आधुनिक प्रविधिले कुनैपनि ठाउँमा बसेर विद्यालय हेर्न सकिने अवस्था बनाएको बताए ।

 

‘ विद्युतिय हाजिरी र सिसिटीभी क्यामेरा जडान गर्न एउटा विद्यालयमा ३ लाख जति मात्रै खर्च भएको छ, एउटा सुपरभाईजर राख्दा त्यो भन्दा बढी नै लाग्ला’ उनले भने  ‘ प्रविधि मार्फत बिहानदेखि रातिसम्म विद्यालयमा हुने सबै गतिविधि थाहा हुने अवस्था बनेको छ ।’ प्रविधियुक्त भएर मात्रै नहुने यसको सदुपयोग गर्दै विद्यालयको शैक्षिक विकासमा सरोकारवाला सबै केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो । 


कार्यक्रममा,समाजवादी शिक्षक फोरमका केन्द्रीय अध्यक्ष बृजमोहन तिवारी,सिद्धार्थ माविका प्रअ राजेश पाण्डे, गया चौरसियालगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।  महानगरपालिकाले झण्डै ३ लाख रुपैयाँको लागतमा रेल्वे माविमा २८ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.