logo

बगही स्कुलमा कम्प्युटर ल्याब निर्माण हुने

      6/10/2019 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

वीरगन्ज २७ जेठ  ।वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ ।

एमओयू अनुसार छिट्टै बगही स्कुललाई आधुनिक सुविधा भएको २० थान कम्प्युटर, युपीएस र ब्याट्रीलगयातको उपकरणहरु सहयोगी नेपालमार्फत उपलब्ध गराईने छ ।

विगत केहि वर्ष देखि नेपालका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुमा कम्प्युटर सहयोग गर्दै आएको एडुटेक नेपालको आर्थिक सहयोगमा कम्प्युटर उपलब्ध हुनेछ ।

एमओयू हस्ताक्षर कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, एडुटेक नेपालकी अध्यक्ष डायना प्रदान सिलवाल, श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार लाल, एडुटेक नेपालका रविन्द्र साह, प्रतिमा शर्मा, आकाश दासलगयातको उपस्थिति रहेको थियो ।

बगही स्कुल पछी पर्सा र बारा जिल्लाका अन्य विद्यालयहरुमा पनि कम्प्युटर वितरण गर्न एडुटेक संग सहकार्य गर्न  सहयोगी नेपालको योजना रहेको अध्यक्ष अहमदले बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.