logo

अपहरण गरिएका बालकको हत्या ,भाग्न खोज्ने अभियुक्तलाई लाग्यो गोली 

      5/29/2019 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

जेठ १५ बीरगंज ।
गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ ।

स्थानीय शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । बिद्यालयबाट फर्कदै गरेका बालक साह अपहरणमा परेका थिए ।

शम्भू साह तुराहको घर नजिकै डेरा गरि बस्ने भारतीय नागरिक बिकास शर्माले फकाई फूलाई अपहरण गरेका थिए ।

 


जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला पा¥यो । बिकास शर्मालाई मंगलवार नियन्त्रणमा लिएपछि ।

 

उनीहरुले वालकको शव भएको ठाउ देखाएका हुन । शव देखाईसके पछि भाग्न खोज्दा प्रहरीले चार राउण्ड फायर ग¥यो । बिकास शर्मा र सिकेन्द्र साहलाई गोली लागेको छ । घुडामा गोली लागेको उनीहरुको नारायणी अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

 

  शुक्रवार बिहान अपहरण गरिएका वालक करण साहको सोही दिन हत्या भएको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।


शम्भूको घर नजिक डेरा गरि बस्ने  बिकास शर्मा संग बेला बेलामा झैझगडा हुने गरेको थियो । शम्भूसंग बदला लिने र पैसा समेत कमाउने उद्धेश्य राखेर शर्माले आफना साथीहरु बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं११ का २१ वर्षिय सिकेन्द्र तेली बाराकै खपरताता बस्ने वर्ष २१ को रामबिनेश महतोको सहयोगमा वालकको अपहरण गरेको अनुसन्धान बाट खुलेको छ ।

 

अपहरणकारीले शुक्रवार राती नै नेपाली मोवाइल नम्बरको प्रयोग गरेर ३० लाख रुपैया माग गरेको र उनीहरुको लोकेशन कलैया देखिदा समेत प्रहरीले चासो पूर्वक अनुसन्धान नगरेको वालकका बुवा शम्भू साह तुराहको गुनासो रहेको छ । 


अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । पीडितले वालकको उद्धारमा बेलैमा प्रहरीले सहयोग नगरेको आरोप लगाउदै आएका छन । तर पर्सा प्रहरीले भने प्रहरीले आफनो सक्रियतामा कुनै कमी नाराखेको दावी गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.