logo

पर्सा ३ का सासद रौनीयारको स्थानीय पूर्वाधार साझेदार बैठक रोकियो

      11/12/2018 गते 00 00 मा प्रकाशित     2105   पटक पढिएको

कात्तिक,२६ वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह रौनीयारको को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक हुन सकेन  । सोमवार ३ बजेकालागि स्थानीय बिकास अधिकारी शिव लम्सालले बैठक तय गरेका थिए ।

 

सोमवार बिहान रौनीयार सांसद सदस्यबाट निलम्बित भएको संसद सचिवालयको पत्र सामाजिक संजालमा भाइरल भएपछि बैठक स्थागती हुन पुगेको हो । 

 

यस अघि उनी निलम्वीत भएको पत्र आएको थिएन त्यसैले बैठक तय भएको थियो । निर्वाचित सांसदका लागि स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम मार्फत ४ करोड रुपैयाँ खर्च गर्न सक्ने व्यवस्था छ ।

 

संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले हस्ताक्षर गरेको पत्र जिल्ला समन्वय समिति पर्सामा आएपछि साझेदार बैठक स्थगीत गरिएको  जिल्ला समन्वय अधिकारी एवं उप सचिव शिवप्रसाद लम्सालले जानकारी दिए ।

 

संसद सचिवालयको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएकोले संसद नियमावलीमा भएको व्यवस्था अनुसार असोज १९ गतेदेखि नै सांसद रौनियार स्वतः पद निलम्वनमा परेको कुरा उल्लेख गरिएको छ ।

 

बर्दियाको बबई जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध असोज १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर सासद रौनीयारले संसद सचिवालयका महासचिवको नाममा प्रेषीत भएको पत्र प्रति आशंका उत्पन्न गरेका छन । उनले प्रतिनिधि सभा संचालन ऐनको दफ २४४ का अनुसार आफू निलम्बनमा पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन ।

 

उनले पत्र कसरी आयो किन आयो त्यसको बैद्यताको बिषयमा समेत आशंका ब्यक्त गरेका छन । पत्रमा दावी लिइएका ऐनका दफाहरुले समेत सासद पद निलम्बन हुने अवस्था स्थिति नरहेको आफनो बुझाई रहेको प्रष्ट पारेका छन । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.