logo

यातायात कार्यालय बीरगंजका अधिकृत बिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर

      10/1/2018 गते 00 00 मा प्रकाशित     821   पटक पढिएको

बीरगंज १५ असोज । 

कानून बिपरित भारतीय सवारी चालक अनुमती पत्रलाई नेपाली कारण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा यातायात कार्यालय बीरगंजमा कार्यरत कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  आइतवार बिशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ । 

 

गैर कानूनी रुपमा भारतीय सवारी चालक अनुमतीपत्र नेपाली करण गरेको र त्यसको अभिलेख समेत नराखी बदनीयतका साथ नेपााल सरकारलाई हानी नोक्सानी पु¥याउने काममा तत्कालीन कार्यालय प्रमुख  विश्वराज नेपाल, तत्कालिन शाखा अधिकृतहरु कमलराज गौतम, शालीग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालिन नायब सुब्बा अविन्दर दासको सो कार्यमा संलग्नता रहेको फेला परेको अख्तियर दुरुपयोग अनुन्धिान आयोगले जनाएको छ।

 

सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम यकिन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमति पत्र जारी गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृतद्वय कमलराज गौतम र शालीग्राम पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिइ आइतवार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनायो ।

 

साथै नेपालीकरणको लागि प्राप्त निवेदन र सो साथ संलग्न अन्य कागजातहरु र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम(तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
अख्तियारले आरोप पत्र दायर गरेपछि उनीहरु स्वतः निलम्बनमा परेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.