logo

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

      3/22/2020 गते 00 00 मा प्रकाशित     3372   पटक पढिएको


वीरगन्ज, ९ चैत । नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ । अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन निर्माण नभइसकेका कारण सर्तक रहनुभन्दा विकल्प अरु नभएको उहाँको भनाई छ । उहाँले आफूले पनि आफ्नो दैनिकीमा धेरै परिवर्तन ल्याएको शनिवार फेसबुक लाइभ मार्फत जानकारी दिनु भएको छ ।
 
पछिल्लो चार पाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै हमालले भन्नु भयो , ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् ।  व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनु भयो ।
 
अभिनेता हमालले कोरोनाबाट बच्न ‘नमस्कार’ गर्ने संस्कार अपनाउन पनि आग्रह गर्नुभएको छ। ‘एकअर्कालाई भेट्दा नेपालीहरुको नमस्कार गर्ने संस्कार छ । तर, अहिले आधुनिकताको नाममा हात मिलाउँछौं । यो प्रकोपले हामीलाई नमस्कार गर्ने संस्कार नै राम्रो थियो भन्ने सिकाउँछ जस्तो मलाई लाग्छ’, उहाँले भन्नुभयो  । कोरोनापछि पनि नमस्कार गर्ने चलन बसाल्न उहाँले आग्रह गर्नु भएको छ ।


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट नेपाल पनि मुक्त छैन । अहिलेसम्म कसैमा यसको संक्रमण नदेखिए पनि भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा त्रासदी उत्पन्न भएको छ । यसबाट बच्न नेपाल सरकारले आजबाट अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।
 यसैगरि अभिनेत्री  रेखा थापादेखि साम्राज्ञी आरएल शाहसम्मले भिडियो सन्देशबाट सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.