logo

तेस्रो ठोरी गोल्डकपको शुक्रवारको खेलमा बीरगंज युनाइटेड बिजयी

 इसीमाना सम्वाददाता     २०८० कार्तिक ३ गते ०६: २५ मा प्रकाशित     530   पटक पढिएको

कार्तिक । बिजय दशमीको अवसर पारेर समाजसेवी स्व. राम ब. श्रेष्ठको स्मृतिमा पर्साको बिजयबस्तीमा जारी तेस्रो ठोरी गोल्डकप २०८० मा शुक्रवारको दोस्रो सेमिफाइनल खेल बीरगंज युनाइटेड क्लब बीरगंज र हेटौंडा फुटबल एकेडेमी हेटौंडा बीच सम्पन्न भएको छ ।

 

आज भएको खेलमा हेटौंडा फुटबल एकेडेमी लाई ३ शून्य ० गोलले हराउदै बीरगंज युनाइटेडले जीत निकालेको छ । आजको खेलको उत्कृष्ट खेलाडी ( म्यान आफ दि म्याच ) युवाराज खड्का घोषित भए ।


अब फाइनल खेल कार्तिक ६ गते ( नवमिको ) दिन दिउँसो २ .३० बजेबाट सुरु हुनेछ । सेमिफाइनल खेलमा बाग्मती युबा क्लब सर्लाहीले निर्मल समाज युवा क्लब र बीरगंज युनाइटेडले हेटौंडा फुटबल एकेडेमी लाई हराउदै फाइनलमा भेट पक्का गरेका हुन ।


“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ असोज २० गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागीता थियो ।

 

प्रतियोगिताको प्रथम हुने टिमले ३ लाख दितिय हुने टिमले १ लाख ५० हजार पुरस्कार साथमा सशल्ड मेडल र प्रमाणपत्र पाउने छन ।

 

साथै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर , र सर्वाधिक गोलकर्ताले पनि आकर्षक पुरस्कार पाउनेछन भने प्रत्येक खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दि म्याच ) ले नगद २५ सय पाउने छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.