logo

आयोजकलाई हराउदै एनआरटी फाईनलमा

 इसीमाना सम्बाददाता     २०७८ चैत १७ गते ०१: ४५ मा प्रकाशित     800   पटक पढिएको

आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईलनमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक जनजागृतिलाई ३Ð२ ले पन्छाउदै एनआरटी फाईनलमा प्रवेश गरेको हो ।

एनआरटीलाई उपाधी होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक=एक गोल गरेका थिए ।

घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरेपनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पाचौं संस्करणको बिजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हावी हुन पुग्यो ।

खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरु»ले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाए । सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन् । उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाउ गरे ।

अग्रपंक्ती सम्हालेका मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले । आयुश घलानले मिलाएको पासलाई मोहितले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए । आयोजकले खेलको सुरुवातमा पाएको केही अवसर गुमाउदा घरेलु दर्शक निराश बन्न पुगेका थिए ।

यता एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो । खेलको २६औं मिनेटमा रन्जन बिष्टले डिबक्स भित्र पाएको बल नियन्त्रणमा लिन सकेनन् । दर्शन गुरु»ले मिलाएको आकर्षक अवसरलाई रन्जनले सदुपयोग गर्न चुकेका थिए ।

खेलको ३१औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो । रन्जन बिष्टले मिलाएको पासलाई स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए । उनको गोलसंगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो ।

खेलमा १Ð० ले पछि परेपछि दवावमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखी लय समात्न प्रयत्नशिल देखिन्थ्यो । आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनिति परिवर्तन आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए । बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो । मोहित गुरु»को क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत खेल १Ð१ को स्थितीमा पु¥याएका हुन् ।

आयुशले खेल बराबरीमा ल्याएपछि सिमरा रंगशालमामा उपस्थित करिब चार हजार दर्शक खुशीयाली मनाईरहेका थिए । आयोजकले गोल फर्काएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । आयुशको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बन्न पुग्यो । खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसि» पक्ष भने कमजोर देखियो ।  

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाकी रहदा दुई गोल गर्दै जित सहज बनाएको थियो । आयोजकको रक्षापंक्ती अल्मलिएको फाईदा उठाउदै खेलको ८५औं मिनेटमा मेसुकेले गोल गरे । लगत्तै खेलको ८७औं मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३Ð१ को स्थितीमा पु¥याए ।

अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध देखियो । खेलको ईन्जुरी समयमा एलन थापाले गोल गरेपनि टिमको हार टार्न सकेनन् । डिबक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बन्न पुगेको थियो । आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन् ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत विहिवार विभागिय टिम एपिएफ क्लब र बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.