logo

आयोजकलाई हराउदै एनआरटी फाईनलमा

 इसीमाना सम्बाददाता     २०७८ चैत १७ गते ०१: ४५ मा प्रकाशित     971   पटक पढिएको

आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईलनमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक जनजागृतिलाई ३Ð२ ले पन्छाउदै एनआरटी फाईनलमा प्रवेश गरेको हो ।

एनआरटीलाई उपाधी होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक=एक गोल गरेका थिए ।

घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरेपनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पाचौं संस्करणको बिजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हावी हुन पुग्यो ।

खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरु»ले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाए । सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन् । उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाउ गरे ।

अग्रपंक्ती सम्हालेका मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले । आयुश घलानले मिलाएको पासलाई मोहितले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए । आयोजकले खेलको सुरुवातमा पाएको केही अवसर गुमाउदा घरेलु दर्शक निराश बन्न पुगेका थिए ।

यता एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो । खेलको २६औं मिनेटमा रन्जन बिष्टले डिबक्स भित्र पाएको बल नियन्त्रणमा लिन सकेनन् । दर्शन गुरु»ले मिलाएको आकर्षक अवसरलाई रन्जनले सदुपयोग गर्न चुकेका थिए ।

खेलको ३१औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो । रन्जन बिष्टले मिलाएको पासलाई स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए । उनको गोलसंगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो ।

खेलमा १Ð० ले पछि परेपछि दवावमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखी लय समात्न प्रयत्नशिल देखिन्थ्यो । आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनिति परिवर्तन आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए । बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो । मोहित गुरु»को क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत खेल १Ð१ को स्थितीमा पु¥याएका हुन् ।

आयुशले खेल बराबरीमा ल्याएपछि सिमरा रंगशालमामा उपस्थित करिब चार हजार दर्शक खुशीयाली मनाईरहेका थिए । आयोजकले गोल फर्काएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । आयुशको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बन्न पुग्यो । खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसि» पक्ष भने कमजोर देखियो ।  

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाकी रहदा दुई गोल गर्दै जित सहज बनाएको थियो । आयोजकको रक्षापंक्ती अल्मलिएको फाईदा उठाउदै खेलको ८५औं मिनेटमा मेसुकेले गोल गरे । लगत्तै खेलको ८७औं मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३Ð१ को स्थितीमा पु¥याए ।

अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध देखियो । खेलको ईन्जुरी समयमा एलन थापाले गोल गरेपनि टिमको हार टार्न सकेनन् । डिबक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बन्न पुगेको थियो । आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन् ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत विहिवार विभागिय टिम एपिएफ क्लब र बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.