logo

मधेश प्रदेश सभामा विनियोजन विधेयकमाथि  छलफल जारी,सत्तारुढ साँसदकै धुवाँधार बिरोध

 इसीमाना सम्वाददाता     २०८२ असार ३० गते ०२: २९ मा प्रकाशित     451   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशले ल्याएको आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेट बारे सत्तापक्षका साँसदहरुले नै तिब्र आलोचना गरेका छन ।

 

मधेश प्रदेश सभाको बैठक चलीरहेको र साँसदहरुले छलफलका क्रममा आफनो भनाई राख्ने क्रम जारी छ । प्रतिपक्षले भने प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

 

सत्तापक्षका साँसदहरुको सहभागितामा प्रदेश सभाको बैठक संचालन भइरहेको हो । बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद सांसद उपेन्द्र महतोले  रेड बुकको २९४ पाना लुकाएको भन्दै गम्भिर आलोचना गरे । 

 

विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै उनले नदेखेको र नपढेको योजना कसरी पास गर्ने भन्ने सरकारसँग प्रश्न गरे ।

 

‘हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ । २९४ पाना त हामीलाई दिएकै छैन,’ उनले प्रश्न गरे, ‘हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो ? हामीलाई तपाईँहरू सरकारले गुलाम बनाउन खोज्नु भएको हो ? भन्दै प्रन गरे । 

 

सत्तारुढ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री बीरेन्द्र सिहंले आफूहरु पार्टीको सदस्य भएकोले बजेट त पास गरौला तर मधेशका जनताले बजेट पास नगर्ने ठोकुवा गरे ।

 

उनले बजेट निर्माणमा निकै जालझेल गरेको बताए । उनले बजेटले प्रदेशमा गौरवको एएटा पनि आयोजना सामावेश गर्न नसकेको र टुक्रे बजेट ल्याइएकोमा आपत्ती जनाए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.