logo

मधेश प्रदेश सभामा विनियोजन विधेयकमाथि  छलफल जारी,सत्तारुढ साँसदकै धुवाँधार बिरोध

 इसीमाना सम्वाददाता     २०८२ असार ३० गते ०२: २९ मा प्रकाशित     636   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशले ल्याएको आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेट बारे सत्तापक्षका साँसदहरुले नै तिब्र आलोचना गरेका छन ।

 

मधेश प्रदेश सभाको बैठक चलीरहेको र साँसदहरुले छलफलका क्रममा आफनो भनाई राख्ने क्रम जारी छ । प्रतिपक्षले भने प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

 

सत्तापक्षका साँसदहरुको सहभागितामा प्रदेश सभाको बैठक संचालन भइरहेको हो । बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद सांसद उपेन्द्र महतोले  रेड बुकको २९४ पाना लुकाएको भन्दै गम्भिर आलोचना गरे । 

 

विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै उनले नदेखेको र नपढेको योजना कसरी पास गर्ने भन्ने सरकारसँग प्रश्न गरे ।

 

‘हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ । २९४ पाना त हामीलाई दिएकै छैन,’ उनले प्रश्न गरे, ‘हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो ? हामीलाई तपाईँहरू सरकारले गुलाम बनाउन खोज्नु भएको हो ? भन्दै प्रन गरे । 

 

सत्तारुढ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री बीरेन्द्र सिहंले आफूहरु पार्टीको सदस्य भएकोले बजेट त पास गरौला तर मधेशका जनताले बजेट पास नगर्ने ठोकुवा गरे ।

 

उनले बजेट निर्माणमा निकै जालझेल गरेको बताए । उनले बजेटले प्रदेशमा गौरवको एएटा पनि आयोजना सामावेश गर्न नसकेको र टुक्रे बजेट ल्याइएकोमा आपत्ती जनाए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.