logo

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

 इसीमाना सम्बाददाता     २०८२ असार २८ गते ०८: २५ मा प्रकाशित     615   पटक पढिएको

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

 

नेकपा एमालेको मधेश प्रदेश कमिटीको बर्दीवासमा शनिवार सम्पन्न बैठकले कृषकलाई आवश्यक मलखादको ब्यवस्था मिलाउन संघीय सरकारसंग माँग गरेको छ ।

 

बैठक पछि पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जारी गरेको प्रेस नोटमा  मधेस प्रदेश कृषि कर्म गर्न उर्वर भूमि हो। तर यो बेला कृषकलाई आवश्यक मलखाद अभाव देखिरहेको हुनाले मल खाद्यको आपूर्तीको ब्यवस्था मिलाउन संघ सरकारसंग माँग गरिएको छ  ।

 

मधेस प्रदेश लगायत मुलुकभर डेङ्गु रोगको संक्रमण तीब्र गतिमा फैलिएको र त्यसबाट  हजारौ जनता प्रभावित रहेकोले  डेङ्गु रोगको संक्रमण चाडो नियन्त्रण गर्न र आवश्यक राहतको कार्यक्रम ल्याउन पनि नेकपा एमाले मधेशले  मांग पार्टीका मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिएका छन । 

 

 लम्मी स्किन  रोगले गर्दा मधेसको पशुपालक किसानहरूको हजारौ पशुहरूको मृत्यु भएको प्रति नेकपा एमाले मधेशको बैठकले  प्रभावित किसानहरूलाई राहत र लॉम्पी स्किन पशु रोग नियन्त्रण गर्न तत्काल आवश्यक प्रभावकारी योजना ल्याउन माग गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.