logo

पानीको समस्याको हल खोज्न“घरदैलो” गरेर नाटक गरिदैछः नेता रुङ्गटा

 इसीमाना सम्वाददाता     २०८२ असार २८ गते ०१: ४० मा प्रकाशित     2029   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभाका सदस्य अनिल  रुङ्गटाले  अहिले देखिएको पानी समस्याको हल खोज्नकालागि प्रभावकारी काम नभएको बताएका छन ।

 

नेपाली कांग्रेसले वीरगंज महानगरको वडा नं २१ को परवानीपुरमा आयोजीत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

उनले तीन वर्ष देखीको पानीको समस्याको हल खोज्न अहिले घरआँगनमा “देउसी भैलो” खेलेर नहुने प्रष्ट पारेका छन । उनले मन्त्री महानगर प्रमुखले पानीको समस्याको हल खोज्न ६ महिना अगाडिबाट तयारी गर्नु पर्नेमा अहिले घर घर घुमेर नाटक र नौटंकी मात्र भइरहेको ठोकुवा गरेका छन ।

May be an image of one or more people

उनले बहुरुपीयाहरुबाट नागरिकले राहत पाउन नसक्ने बताए । उनले महानगरका उपमेयर इम्तीयाज आलामलाई पानीको समस्या हल गर्न पहिलो प्रथामिकतामा राखेर काम गर्न सार्वजनीक रुपमै निर्देशन दिए ।

 

उनले खाना पकाउन पनि १ घण्टा जती लाग्ने उदाहरण दिदै अहिले छलफलको आयोजना गरेर पानीको समस्या हल नहुने बताए । उनले जनताको आवश्यकताको पहिचान गरेर त्यसको हल खोज्न नसक्ने राजनीति जनताको राजनीति नभएको बताए ।

 

आउने चुनावलाई समेत “अर्जुन दृष्टि” बनाएर पार्टी काममा आधारभूत तहमा पुगेका नेता रुङ्गटाले नेपाली कांग्रेसले मात्र मुलुकको बिकास गर्ने बताए ।  

 

नेपाली कांग्रेस पुरानो पार्टी र आधुनिक पार्टी पनि हो नेपाली जनताको  र बिदेशीहरुको बिश्वास पनि नेपाली कांग्रेसलाई छ त्यस कारण पनि बिकास र समृद्धीकोलागि नेपाली कांग्रेसको बिकल्प नभएको उनले बताए ।

 

 नेता रुङ्गटाले अनुभव र जोशले भरिपूर्ण कांग्रेसले मात्र जनअपेक्षा पुरा गर्ने बताए । नेता रुङ्गटाले हरेक वार्डमा पाटीृको अभियानलाई संचालन गरिने र धेरै साथीहरु पार्टीमा जोडिन तयार रहेको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.