logo

जीतपुरसिमरा उपमहानगरको २ अर्बको बजेट सार्वजनिक ,समावेशी विकास र सेवा प्रवाह केन्द्रमा

 इसीमाना सम्बाददाता     २०८२ असार २५ गते ०६: ३८ मा प्रकाशित     314   पटक पढिएको

सीमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 

बुधबार बसेको नगरको १२औं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पयटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ ।

 

 ‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुरसिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४० लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ ।

 

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ ।

 

समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ९३ लाख रुपैयाँको अनुमान गरिएको छ ।

 

त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर   लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमान गरिएको छ ।

 


२४ वटै वडाहरूमा न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाखसम्म बजेट बाँडफाँट गरिएको छ । कुल २० करोड रुपैयाँ वडास्तरीय योजनाका लागि छुट्याइएको छ ।

 

त्यस्तै, प्रत्येक वडामा नगरस्तरबाट कम्तीमा २५ लाख र १० लाख बराबरका योजनाहरू अनिवार्य रूपमा लागू गरिनेछ । यस्ता नगर योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख विनियोजन गरिएको छ ।


शिक्षा रूपान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड ५० लाख विनियोजन गरिएको छ । नगरका सरकारी विद्यालयहरूमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ ।

 

 नगरले १५ शैयाको आधुनिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि चालू आर्थिक वर्षमै ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

 

 त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ३ हजारका दरले प्रोत्साहन भत्ता दिन २७ लाख विनियोजन गरिएको छ ।


 नगरभित्रका खेलमैदानको स्तरोन्नति, खेलकुद प्रतियोगिताहरूको आयोजना र खेल पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

 अमलेखगञ्जलाई पयर्टन हबको रूपमा विकास गर्न बजेट विनियोजन गरी कार्यक्रम तयार गरिएको जनाइएको छ ।


नगरले मुख्य पूर्वाधार योजनामा ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.