logo

वीरगंजमा पानी संकट, सडकमा जनमत, मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ असार २५ गते ०२: ३० मा प्रकाशित     452   पटक पढिएको

वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।

पानीको अभावका कारण स्थानीय बासिन्दाहरूले बिहानदेखि बेलुकासम्म पानीकै खोजीमा भौंतारिनु परेको अवस्था छ। पानी अभाव एकाएक आएको समस्या भने होइन ।

 

 बिगत वर्षहरुमा पनि पानीको अभाव झेल्नु परेको थियो । तर पानी संकटलाई गम्भिरता पूर्वक नलिएका कारण अहिले हाहाकार हुन पुग्यो । नेपालमा अति भएर खती भएपछि मात्र सुन्ने चलन छ । अहिले मध्य तराईको पानीसंकटले पनि त्यही नियति भोग्दै छ ।

 


कोही कोहीलाई भने मुद्धा चाहिएको छ । पानी संकट समाधानमा पूर्व तयारी नगर्नेहरुका कारण मुद्धाहरु बन्छन । त्यसैले त मधेशको प्रमुख सत्ता घटक दल जनमतले “जल सत्याग्रह” नामको आन्दोलन छेडेको छ । 

 

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले गाग्री र बाल्टिन बोकेर सडकमा उत्रिएका छन्। उनीहरूले ‘पानी दे या मारी दे’, ‘तीनै तहको सरकार मुर्दाबाद’ खानेपानी मन्त्री मूर्दावाद,  ‘वीरगन्जमा पानीको लागि विशेष प्याकेजको घोषणा गर’ लगायतका नारा लगाएका छन्।

 

आन्दोलनकारीहरूले वीरगन्ज र पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेज लागू गर्न माग गरेका छन्।

 

यो समस्या समाधानका लागि सरकार गम्भीर नभएको र वीरगन्जलाई उपेक्षित गरेको आरोप जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले लगाएका छन् ।

 

 उनीहरूले आफूहरू जनताको आवाज बुलन्द गर्न बाध्य भएको र आवश्यक परे मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी दिएका छन्। यो आन्दोलन आफ्नो पार्टीको सरकारविरुद्ध भए पनि जनमत पार्टी जनताको हकका लागि लड्न पछि नहट्ने नेता सर्राफले स्पष्ट पारेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.