logo

सखुवा प्रसौनीको बारुण यन्त्र बीरगंजमा पानी बितरण गर्दै, अध्यक्ष यादव भन्छन पानी अभाव हुदा सम्म बितरण निरन्तर

 इसीमाना सम्बाददाता     २०८२ असार २४ गते ०७: २२ मा प्रकाशित     3210   पटक पढिएको

वीरगञ्ज ।वीरगंज महानगरका केही वडामा पानीको हाहाकार भएसंगै सखुवा प्रसौनी गाउँपालिकाको बारुण यन्त्र पानी बितरणमा खटिएको छ । 


सखुवा प्रसौनी गाउँपाकिलाका अध्यक्ष यसवन्त यादवले बारुण यन्त्र मार्फत पानी बितरण गर्न शुरु गरेको बताए । उनले पानीको अभावमा थोरै राहत होस भनेर बारुण यन्त्रलाई संचालनमा ल्याएको बताए ।

 

संकट बेलामा सहयोग पु्र्याउनकालागि नै साधन स्रोतको परिचालन हुनु पर्ने उनको मत छ । उनले भूगोलको सीमाना परिधि मानवताको अगाडि फिक्का हुने भन्दै पानी आधाव छेली रहदा सम्म बारुण यन्त्र मार्फत पानीको आपूर्ती गरिराख्ने बताए । 


सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गाउँपालिकाको दमकल (वारुण यन्त्र) को ट्याङ्कीमा पानी भरेर वीरगञ्ज महानगरका विभिन्न वडामा पानी वितरण गर्न थालेको जानकारी दिए।

 

उनका अनुसार, पहिलो दिन मङ्गलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा एक ट्याङ्करबाट करिब ६ हजार लिटर पानी वितरण गरिएको छ।


अध्यक्ष यादवले सखुवा प्रसौनी गाउँपालिकामा रहेका डीप बोरिङबाट दमकलको ट्याङ्कीमा पानी भरेर वीरगञ्जमा ल्याइएको बताए। मङ्गलबारदेखि पानी वितरण सुरु गरिएको र बुधबारदेखि महानगरका अन्य वडाहरूमा पनि पानी वितरण गरिने उनले जनाए। बुधवार रानीघाट क्षेत्रमा पानी बितरण गरिने उनले बताए । 

चापाकल सुकेर खानेपानीको सङ्कट परेका बेला मानवताको भावनाले आफूले यो काम थालेको यादवले बताए। उ
यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरण कार्य सुरु गरेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.