logo

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४ सय ३३ तोक्न माँग

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०६: ३१ मा प्रकाशित     352   पटक पढिएको
काठमाडौँ ।  संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रमिकको न्यूनतम पारिश्रमिक  ३० हजार ४ सय ४३ मासिक तोक्नुपर्ने माग राखेको छ । 
 
 
काठमाण्डौमा आयोजीत  पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम पारिश्रमिकमा  अविलम्ब पुनरावलोकन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन माँग गरे ।
 
 
उनले  श्रमसम्बन्धी कानुनको संशोधनलगायतका विषयमा सरकार, रोजगारदाता र सरोकार भएकाहरूको ध्यानाकर्ष समेत गराए । 
 
 माग सम्बोधन नभए यही असार २६ गतेदेखि संयुक्त आन्दोलनमा जाने उहाँको भनाइ थियो । अहिलेको बजार मूल्य र परिवारको न्यूनतम जीवन निर्वाहकोलागि ४ जनाको परिवारलाई मासिक ३० देखी ३५ हजार रुयैया चाहिने भन्दै सिम्खडाले बैज्ञानिक तथा ब्यवहारिक आधारमा पनि न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार ४४३ तोकिनु बताए । 
 
 
 
अध्यक्ष सिम्खडाले पारिश्रमिक निर्धारणका लागि त्रिपक्षीय वार्तामा श्रमिकका प्रस्तावलाई गम्भीर रूपमा ग्रहण गर्न सरकारसँग आग्रह गरे । सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने संवैधानिक दायित्व छ ।
 
 
 
पछिल्लो पटक सरकारले विसं २०८० मा  १७ हजार ३०० मासिक पारिश्रमिक तोकेको थियो । पछिल्ला दुई वर्षमा मुद्रास्फीति, उपभोग्य वस्तुको मूल्यवृद्धि, आवास तथा  स्वास्थ्य सेवाको खर्च बढेसँगै श्रमिकको जीवनस्तर प्रभावित भएको केन्द्रले जनाएको हो । 
 
केन्द्रले श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयनलगायत १५ बुँदे माग राखेको छ । 
 
 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.