logo

बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्रीवास्तव हाजीर

 इसीमाना सम्वाददाता     २०८२ जेठ २ गते ०२: ४६ मा प्रकाशित     947   पटक पढिएको

वीरगन्ज ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको  बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अजय श्रीवास्तवलाई दिएको छ ।


मन्त्रालयले बहुदरमाई नगरपालिकामा प्रशासनिक र आर्थिक व्यवस्थापन सुदृढ बनाउन वरिष्ठ कर्मचारी अजय प्रसाद श्रीवास्तवलाई जिम्मेवारी प्रदान गरेको हो।

 

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ५७ को उपदफा ९७० अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावमा श्रीवास्तवलाई नगरपालिकामा खटाइएको मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। श्रीवास्तव नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहमा कार्यरत अधिकृत तहका कर्मचारी हुन्।

 

उनलाई बहुदरमाई नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ। यसबाट स्थानीय प्रशासनिक कार्य सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ । स्थानीय स्रोतहरूका अनुसार, यो कदमले बहुदरमाई नगरपालिकाको सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

 

नगरवासीहरूले प्रभावकारी प्रशासनिक सेवा पाउने विश्वास व्यक्त गरेका छन्। श्रीवास्तवले यस अघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा पोखरिया नगरपालिकामा आफनो कार्य सम्पादन गरिसकेका छन । श्रीवास्तव आजै नगरपालिकामा हाजिर हुने बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.