logo

नारायणी अस्पताललाई कोरोना मुक्त गर्न माँग गर्दै नेपाली कांग्रेसको प्रर्दशन

      5/3/2020 गते 00 00 मा प्रकाशित     1179   पटक पढिएको

बीरगंज २१ बैशाख ।

नारयाणी अस्पतालमा संचालीत कोभिड अस्थायी अस्पताल अन्यत्र सार्न माँग गर्दै नेपाली कांग्रेस पर्साले आज बीरगंजमा प्रर्दशन गरेको छ ।

 

०७६ चैत ३० गते बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारकोलागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

 

स्थानीय प्रशासन र स्थानीय सरकारले बीरगंज हेल्थ केयर अस्पताललाई मासिक डेढ करोड रुपैया भाडा दिएर कोरोना अस्थायी अस्पताल संचालनको निर्णय भएको थियो ।

 

मुख्यमंत्री लालबाबु राउतले पनि तुरुन्त सम्झौता गर्न बीरगंज महानगर प्रमुखलाई आफनो सहमती दिएपनि साँझ मुख्यमंत्री स्वंयले सम्झौता गर्नबाट रोकेपछि । संघीय सरकारले नारायणी अस्पताललाई कोरोना उपचारकोलागि अस्थायी अस्पताल घोषणा गरेको हो । 


अहिले त्यही अस्पताललाई पूर्ववत रुपमा संचालनमा ल्याउन माँग गर्दैे सामाजिक संजालमा अभियान चलेको छ । राजनीतिक दलहरु बिज्ञप्ति जारी गर्न होडवाजी गर्दैछन । आज नेपाली कांग्रेस सडकमा उत्रिएको छ । 

 

मालपोत कार्यालय अगाडिको रोड देखी विर्ता मन्दिर सम्मको रोडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निस्केर प्रदर्शन गरेका हुन् । लकडाउनमा पनि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले विभिन्न नारा लेखिएको प्यले कार्ड सहित नारायणी अस्पतालमा पुन स्वास्थ्य उपचार सुरु गर्न माग गरे ।

 

नारायणी अस्पतालाई कोरोना मुक्त गराऔ, कोरोना अस्पतालको लागि वैकल्पिक व्यवस्था होस्, नारायणी अस्पताललाई जोगाऔ, कोरोना अस्पतालाको अन्त कही व्यवस्था होस, नारायणी अस्पतालमा जनताको उपचार पुन सुरु होस् भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर कांग्रेस नेता तथा कार्यकर्ताले उक घण्टा प्रर्दशन गरेका थिए । 


 प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.