logo

मुख्यमत्रीले नैतीक रुपमा जिम्मेवारी लिनु पर्छः संसदीय दलका नेता सोनल

 इसीमाना सम्वाददाता     २०७८ असोज १८ गते ०६: २६ मा प्रकाशित     858   पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टीको  प्रदेश २ को संसदीय दलको बैठकमा  मुख्यमंत्री लालबाबु राउतको राजीनामा माँग गर्नु पर्ने बिषयमा छलफल भएको छ ।

 

लोसपाको प्रदेश २ को सोमवार देखी जनकपुरमा शुरु भएको संसदीय दलको बैठकमा  मुख्यमंत्री राउतको राजीनामा माग्ने बिषयले प्रवश पाएको हो  । मुख्यमंत्री राउतले संघीयतालाई बदनाम गराएको भन्दै राजीनामा माँग्ने ठाउमा पार्टी पुग्नु पर्ने स्वर बलियो रुपमा उठेको  बताइएको छ । 

मुख्यमंत्रीको कार्यालय आस्थाको केन्द्र हो त्यसमाथिको भरोसा र बिश्वासमा क्षयीकरण भएको यो अवस्थामा मुख्यमन्त्रीले त्यसको नैतीक जिम्मेवार हुनु पर्ने लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए  ।

 

 ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा लिएका कारण अनुसन्धान प्रक्रिया पूरा नभएसम्म मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने विषयमा छलफल भएको हो ।


दलको बैठकमा मुख्यमंत्रीको कार्यालयमा अख्तियारले छापा मारेको कुरा र त्यसबाट बिकासीत घटनाक्रमका बारेमा बिषयले प्रवेश पाएको र त्यस बिषयमा छलफल जारी रहेको उनले बताए  ।

 

प्रदेश २ को सरकारबाट लोसपा बाहिरिएपछि मुख्यमंत्रीले बिश्वासमको मत लिनु पर्ने प्रावधान रहेको छ । मुख्यमंत्रीले बिश्वासको मत लिने अन्तिम मिति कार्तिक २० गतेकालागि प्रदेश सभा बैठक आव्हान गरिएको छ । लोसपाको संसदीय दल २० गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा पनि बैठकमा छलफल भइरहेको नेता सोनलले बताए । 

 

संघीयताको नाममा मुख्यमन्त्रीले भ्रष्टाचार गरेका कारण अख्तियारको अनुसन्धान पूरा नभएसम्म राउतलाई नैतिकताको अधारमा तत्काल राजीनामा दिनुपर्ने बिषय बैठकमा उठेको छ । मुख्यमन्त्री कार्यालयबाट अख्तियारले कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि जसपाका कार्यकर्ताहरू अख्तियारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.