logo

प्रदेश २ प्रदेश सभामा एमाले पाँचौ दल ,स्थानियतहका जनप्रतिनिधी कुन दलमा कति गए

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते १२: २५ मा प्रकाशित     699   पटक पढिएको

नेकपा एमालेबाट बिभाजीत भएको नेकपा एसमा प्रदेश २ मा ३ सय १४ जना जनप्रतिनिधिहरुले सनाखत गरेका छन ।

 

एमाले छाडेर उनीहरुले नेकपा एस रोजेका हुन। प्रदेश नं २ नेकपा एसका अध्यक्ष माधव नेपालको गृह प्रदेश पनि हो । प्रदेश २ को प्रदेश सभामा नेकपा एमालेका २१ जना प्रदेश सभा सदस्य रहेकोमा १३ जनाले नेकपा एस रोजेका छन ।

 

प्रदेश २ को प्रदेश सभामा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले यो बिभाजन संगै प्रदेश सभामा पाँचो दलको स्थानमा पुगेको छ । 


नेकपा एस राज्ने अन्य स्थानीय तहका जनप्रतिनिधिमा पर्सा ५,बारा ३२,रौतहट ८४ ,सर्लाही ४८ ,महोतरी ७ ,धनुषा ४८, सिराहा ७१, र सप्तरीमा २९ जनाले नेकपा एसमा जान सनाखत गरेका छन ।

यस्तै जनता समाजवादी पार्टी त्यागेर ८ जिल्लामा ८ सय ६५ जनप्रतिनिधिले लोकतान्त्रीक समाजवादी पार्टी रोजेका छन ।

 

प्रदेश सभामा लोसपाको पूर्व पार्टी राजपालाई घाटा लागेको छ । जसपाको पक्षमा सभामुख सहित ५४ जना प्रदेश सभा सदस्य रहेकोमा अहिले लोसपमा १६ जनाले सनाखत गरेका छन ।

 

यस्तै लोसपामा जानका लागी पर्सा २८,,बारा १३८, रौतहट ८८, सर्लाही  १३७, महोतरी २५८, धनुषा १०९, सिराहा १२, सप्तरीका ९६ जना जनप्रतिनिधिले सनाखत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.