logo

माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित 

 इसीमाना सम्वाददाता     २०७८ सावन २१ गते ०३: ३१ मा प्रकाशित     137   पटक पढिएको

काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।

आज (बिहीबार) दिउँसो बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा राखिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा दुवै नेता अनुपस्थित भएका हुन् । पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन् । भट्टराईले केही समयअघि नै नेता नेपालको साथ छोडिसकेका छन् ।

तर एमालेले २०७७ फागुन २८ गतेको निर्णयानुसार चैत ७ गते गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएपछि भट्टराई र पाण्डेसहितका नेताहरुको पार्टीमा रहने भूमिकाबारे अझै अन्योल छ । नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय असमञजस जस्तो देखिएका बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ ।

माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो । नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

बिदेशमा समाजको एकता, सदभाव र सहयोगको परम्परा बिकासकालागि गजुरेलको उम्मेदवारी मतदानकालागि सबैमा अपिल

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिनु भएको छ  ।

अदालतको अपमान गरेका कारण दक्षीण अफ्रिकाका पूर्व राष्ट्रपती जुमालाई १५ महिनाको जेल सजाय

दक्षीण अफ्रिकामा पूर्व राष्ट्रपती ज्याकोब जुमा जेल जाने भएका छन ।  त्यहाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपती जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण

वीरगन्ज महानगरपालिकाले न्यानो कम्बल सहित सामग्रीहरु वितरण अभियानलाई जारी राखेको छ ।

स्रोत नखुलेको साढे चौध लाख रुपैया सहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर १ जिङ्गडवा फक्राउ गरेको छ । 

खेलकुद

प्रदेश २ स्तरिय अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगीता,उपाधीमा कामनाको कब्जा

प्रदेश २ स्तरिय अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगीता २०७८ आज  समापन  भएको छ ।

नेपाल राष्ट्र बैंकद्धारा इन्भेष्टमेन्ट बैंक पराजित

 वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिएको अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्टमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.