logo

नेपाल भारत सीमामा रहेका बिजोर सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य शुरु

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०८: २७ मा प्रकाशित     590   पटक पढिएको

बीरगंज । नेपाल र भारतको सीमा रहेका सीमा सतम्भहरुको मर्मत तथा रंगरोगनको काम शुरु भएको छ ।

 

दुबै देशका अधिकारीहरुको सहभागितामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन शुरु गरिएको सशस्त्र प्रहरी १३ नं.गणका सूचना अधिकारी सशसत्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए । 


बीरगंज महानगरपालिकाको वडा नं १६ ईनरुवा र भारततर्फ  पूर्वी चम्पारण जिल्लाको पन्टोका ग्रामपंचायत ४ सुन्दरपुर स्थित रहेको सानो सीमा स्तम्भ नम्बर ३९१ /६  को मर्मत तथा रंग रोगन गरिएको हो ।

 

नेपालतर्फबाट, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रंग रोगनको शुरुवात गरेका हुन ।

 

सो अवसरमा सशस्त्र प्रहरी बल १३ नं.गण पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक  राधेश्याम धिमाल ,राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप अनुसन्धान निर्देशक  दिलिप कुमार सिँह, नापि विभागको प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सुवास भट्ट सीमा सुरक्षा बलका सशस्त्र प्रहरी नायव उपरिक्षक  लोकेन्द्र सुब्वा सहभागिता रहेको थियो ।

 

को समेत उपस्थितिमा सीमा स्तम्भ मर्मत तथा रंगरोगन कार्य शुरु भएको ।उक्त मर्मत कार्यमा भारतिय समकक्षीको तर्फबाट ४७ औ बाटालियन पन्टोकाका कमाण्डर एसी अत्तम कुमार घोष सहित ४ जनाको सहभागिता रहेको थियो ।

सन २०१४ पछि निर्माण भएका बिजोर नम्बरका सीमा स्तम्भलाई सशस्त्र प्रहरीले मर्मत तथा रंग रोगन गर्दै आइरहेको छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.