logo

मधेसका गृहमन्त्री लेखीलाई भूमिगतका गोइतको धम्की,सुरक्षा निकायलाई सुरक्षा ब्यवस्था चुस्त पार्न कडा निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १४ गते ०६: ३७ मा प्रकाशित     340   पटक पढिएको

बीरगंज ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले धम्की दिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन ।


मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका जय कृष्ण गोइतले आफुलाई पछिल्लो केहि महिना देखि पटक पटक फोन गरेर आर्थिक सहयोग गर्नुपर्ने र आफुले सक्दिन भनेपछि कसरी सक्नु हुन्छ मैले जान्या छु भन्दै धम्काउने गरेको बताएका छन ।

आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई धम्की दिएको मन्त्री लेखीले बताए ।ह्वाट्स एपमा तीनपटक फोन गरेर आर्थिक सहयोग माग्नुभयो मन्त्री लेखीले भने “ मैले आर्थिक सहयोग दिन सक्दिनँ भने” ।  गोइतले मन्त्री भएको बेला सहयोग गर्नु नत्र तह लगाउने भन्दै धम्की दिएका थिए । 

उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ। सप्तरी निवासी लेखी र यादव कुनै समय एमालेबाट सँगै राजनीति गर्थे।

 

यादव सप्तरीको एमाले अध्यक्ष रहँदा लेखी काठमाडौं(सप्तरी सम्पर्क मञ्चका नेता थिए। त्यसबेला उनीहरूबीच घनिष्टता पनि रहेको बताइन्छ।

 

 तर, आपराधिक गतिविधिमा लागेपछि उनीहरूबीच सम्पर्क विच्छेद भएको लेखीले बताए। सरकारमा छौं, आर्थिक सहयोग गर्नुपर्‍यो भन्दैमा राज्यको पैसा दिने कुरा त हुँदैन, मन्त्री लेखीले भने।


यस विषयमा मधेस प्रदेशको सुरक्षा समन्वय बैठकमा छलफल गरेको लेखीले बताए। मधेस प्रदेशको सुरक्षा व्यवस्था जटिल बन्दै गएको भन्दै बैठकमा उनले सुरक्षा निकायलाई कडा निर्देशन दिएको स्रोतले बतायो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.