logo

मधेसका गृहमन्त्री लेखीलाई भूमिगतका गोइतको धम्की,सुरक्षा निकायलाई सुरक्षा ब्यवस्था चुस्त पार्न कडा निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १४ गते ०६: ३७ मा प्रकाशित     493   पटक पढिएको

बीरगंज ।  मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले धम्की दिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन ।


मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका जय कृष्ण गोइतले आफुलाई पछिल्लो केहि महिना देखि पटक पटक फोन गरेर आर्थिक सहयोग गर्नुपर्ने र आफुले सक्दिन भनेपछि कसरी सक्नु हुन्छ मैले जान्या छु भन्दै धम्काउने गरेको बताएका छन ।

आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई धम्की दिएको मन्त्री लेखीले बताए ।ह्वाट्स एपमा तीनपटक फोन गरेर आर्थिक सहयोग माग्नुभयो मन्त्री लेखीले भने “ मैले आर्थिक सहयोग दिन सक्दिनँ भने” ।  गोइतले मन्त्री भएको बेला सहयोग गर्नु नत्र तह लगाउने भन्दै धम्की दिएका थिए । 

उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ। सप्तरी निवासी लेखी र यादव कुनै समय एमालेबाट सँगै राजनीति गर्थे।

 

यादव सप्तरीको एमाले अध्यक्ष रहँदा लेखी काठमाडौं(सप्तरी सम्पर्क मञ्चका नेता थिए। त्यसबेला उनीहरूबीच घनिष्टता पनि रहेको बताइन्छ।

 

 तर, आपराधिक गतिविधिमा लागेपछि उनीहरूबीच सम्पर्क विच्छेद भएको लेखीले बताए। सरकारमा छौं, आर्थिक सहयोग गर्नुपर्‍यो भन्दैमा राज्यको पैसा दिने कुरा त हुँदैन, मन्त्री लेखीले भने।


यस विषयमा मधेस प्रदेशको सुरक्षा समन्वय बैठकमा छलफल गरेको लेखीले बताए। मधेस प्रदेशको सुरक्षा व्यवस्था जटिल बन्दै गएको भन्दै बैठकमा उनले सुरक्षा निकायलाई कडा निर्देशन दिएको स्रोतले बतायो। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.