logo

महानगरको सरसफाई सम्झौतामा अदालतको अंकुश, एन.के.इन्टरनेशनल संगको सम्झौता कार्यान्वयन नगर्न आदेश

 इसीमाना सम्वाददाता     २०८१ असोज १७ गते ०१: २१ मा प्रकाशित     784   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाको सरसफाईकालागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत गरिएको सम्झौता कार्यान्वयनमा अदालतले अंकुश लगाएको छ ।


उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगंजले बुधवार सम्झौता कार्यान्वयन नगर्नु भन्दै महानगर बिरुद्ध अन्तरकालीन आदेश जारी गरेका हो ।


बीरगंज महानगरपालिकाले चितवन भरतपुरमा मुखय कार्यालय रहेको एन.के.इन्टरनेशनल कन्ट्रक्शन प्रा.ली.संग बिजय कुमार सरावगी हुदा नै महानगर प्रमुख हुदा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई सम्झौता भएको थियो ।


रामप्रसाद कानुले महानगर र सफाई साझेदार बिरुद्ध दिएको उत्प्रेषण परमादेशको आदेश माँग गर्दै दिएको रिटमा अदालतले अन्तरकालीन आदेश गरेको हो ।


सर्फाई मजदुरले पहिला १८ हजार रुपैया पारिश्रमीक बुझ्दै आएकोमा अहिले ठेकेदार कम्पनी एन.के.इन्टरनेशनल कन्ट्रक्शन प्रा.ली.ले ५ हजार मात्र तलव दिएको भन्दै उनीहरु आन्दोलीत भएका थिए ।

 

नेपाल सरकारले ०८० साउन ३२ गते राजपत्रमा प्रकाशन गरेर मजदुरको पारिश्रमीक १७ हजार ३०० सुनिश्चित गरेको छ । नेपाली मजदुरको न्यूनतम पारिश्रमीक हो यो ।

 

श्रम ऐनको दफा १४ ले सेवा प्रदायक स्वामित्व परिर्वतन हुदा समेत रोजगार सम्बन्ध कायम रहने प्रवन्ध गरेको छ ।

 

यसको अर्थ सफाई कर्मचारीले पहिला देखी खाई पाई आएको सुविधमा कुनै बदलाव नहुने कानूनी रुपमै सुशिबश्चत गरेको छ ।

 

तर ठेकेदार कम्पनी र महानगरले उनीहरुको माँगका बारेमा सुनवाई गरेन ।

 

मजदुरले कानूनी मार्गमा मार्फत आपना समस्या लिएर अदालत गएपछि अदालतले सफाई कर्मचारीको माँग सम्बोधन हुने गरि अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।


अदालतले कार्तिक ८ गतेकालागि पेशी समेत तोकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.