logo

सीमाबासीसंग सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रण गर्न समन्वयात्मक रुपमा काम गर्न महानिरीक्षक अर्यालयको सबैमा आग्रह

 इसीमाना सम्वाददाता     २०८० चैत ९ गते ०८: ५० मा प्रकाशित     423   पटक पढिएको

बीरगंज । सशस्त्र प्रहरीका महानीरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकलाई लक्षीत गरि केही कल्याणकारी कार्यक्रम ल्याएको जनाएका छन ।


सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजस्व चुहावट तथा अपराध नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रमलाई शुक्रवार बीरगंजमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रका नागरिकका सन्तानलाई छात्रबृति उपलब्ध गराउने गरि नीति बनाएको बताए ।

 

उनले सशस्त्र प्रहरीमा भर्ना हुनकालागि सीमा क्षेत्रका युवाहरुलाई अभिप्रेरीत गर्ने, सीमा क्षेत्रका आफना पुर्व कर्मचारीलाई न्यून ब्यजादरमा पाँच लाख सम्म आफनै कोषबाट ऋण उपलब्ध गराउने निर्णय भएको बताए ।


उनले राजस्व चुहावटको नियन्त्रणका बिषयमा राज्य सम्बेदनशील रहेको बताए । उनले राज्यका सबै नियकाहरुले समन्वय गरेर काम गर्नु पर्ने बताए । उनले आफनो संगठनका जिम्मेवार अफिसरहरुलाई समन्वय कायम गरेर काम गर्न निर्देशन दिए ।


सबै निकायको दायित्व राजस्व परिचालनमा चुहावट नियन्त्रण गर्नु रहेको चर्चा गर्दै अर्यालले संचार क्षेत्र र नागरिक समाजले पनि आफनो तर्फबाट नागरिक दायित्व पुरा गर्दै सकारात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नु पर्ने बताए ।


संचारकर्मी ब्यापारीले राजस्व चुहावटमा राज्यका निकायहरुको बेइमानी नै कारक रहेको भन्दै राज्यका संयन्त्रहरुको भूमिका बेठीक रहेको बिचार ब्यक्त गरेका थिए ।


महानिरीक्षक अर्यालले अन्तरक्रियामा उठेका सवालहरुको जवाफ दिदै आफना कमजोरीहरु सुन्न पाएकोले अव सुधारको काम हुने प्रतिवद्धता ब्यक्त गरे ।

उनले सशस्त्र प्रहरी संगठनको काम र त्यसको भूमिकाको सन्दर्भमा सीमा क्षेत्रका नागरिकको बुझाई र भोगाई थाहा पाएको बताए । उनले नागरिकसंग सहकार्य गरेर संगठन अगाडि बढ्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, कन्हैयालाल केशरी ,महेश दास ध्रुव साह नेपाल उधोग वाणिज्य महासंघका प्रदेश अध्यक्ष अशोक टेमानी ,बीरगंजका अध्यक्ष अनिल अग्रवाल बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतले अन्तरक्रियामा आफना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका बाहीनीपति दीपेन्द्र शाह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.