logo

महानगरले नियुक्तिको तीन महिनामै कर्मचारी हटायो,किन नियुक्ति किन बर्खास्त सामाजिक संजालमा उठ्यो सवाल

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०९: ११ मा प्रकाशित     769   पटक पढिएको


वीरगञ्ज महानगरपालिकाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचन अगाडि बिभिन्न मितिमा दैनीक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई पुष १ गतेबाट अवकास दिएको छ ।

पुष १ गते देखि लागु हुने गरि कर्मचारी निकालिएको सूचना वीरगंज महानगरपालिकाले जारी गरेको छ । निर्वाचनको मुखमा कम्प्युटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कार्यालय सहयोगी, नगर प्रहरी, दमकल लगायतका ठाउँमा ४सय बढी कर्मचारी नियुक्ती गरिएको थियो ।

 


महानगरमा कार्यरत कर्मचारको हाराहारीमै वीरगंज महानगरको नेतृत्वले दैनीक ज्यालादारीमा कर्मचारी नियुक्त गरेको थियो । यो वीचको ३ महिनामा वीरगज महानगरपालिकाले करौडौ रुपैया पारिश्रमीकमा खर्च गरेर यत्रो जनशक्ति किन नियुक्त गर्यो भन्ने प्रश्न यतिवेला उठेको छ ।

 

महानगरले यत्रो जनशक्ति परिचालन हुने गरि कुनै अभियान संचालन गरेको छैन । यो अवधीमा वीरगंज महानगरलाई साढे तीन करोड व्ययभार थप भएको छ । यसको प्रतिफल महानगरवासीले के पाए ? जनस्तरबाट खोजी भइरहेको छ ।

 

महानगरपालिकाको म‌सिर २६ गतेको निर्णयअनुसार महानगरपालिका नगर कार्यपालिकाको कार्यलय तथा महानगरपालिका अन्तरगत रहेका सबै वडा का (पुस १ गते) देखि लागू हुने गरि ज्यालादारी सेवाबाट हटाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफना उम्मेदवारलाई जिताउनकालागि वतावरण बनाउन महानगरमा दैनीक ज्यालादारीमा कर्मचारीको नियुक्ति गरिएको आरोप महानगर नेतृत्वलाई लागेको छ ।

 

महानगरको स्रोतको दोहन नाजायज रुपमा भएको भन्दै सामाजिक संजालमा ब्यापक आलोचना हुन थालेको छ । सामाजिक संजालमा महानगरको स्रोतलाई आफनो हितमा होइन महानगरको हितमा परिचालन गर्न सुझाव दिइएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

सुरक्षित दशैँका लागि पर्सा प्रहरीको अपिल, जुवातास र पटाकाबाट टाढा रहन आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् पर्व बडादशैँलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.