logo

५० दिन पछि भारतीय नागरिक स्वदेश फर्के ,नेपाली नागरिक भोली स्वदेश आउने

      5/19/2020 गते 00 00 मा प्रकाशित     1327   पटक पढिएको

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका १ सय ९८ जना भारतीय आज आफनो देश फर्किएका छन ।

उनीहरु ५० दिन देखी बीरगंजको क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहेका ९८ जना र आफन्ताकोमा बसेका १ सय गरि १ सय ९८ जना भारतीय नागरिकलाई आज दिउसो वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी)  मा  भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो । 

 

आइसीपीमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई भारतीय नागरिक जिम्मा लगाइएको थियो  ।  त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की , प्रहरी उपरीक्षक गंगा पन्त सशस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र कुंवरको पनि  पनि उपस्थिति रहेको थियो।


कोभिड १९ संक्रमण भई निको भएका १ सहित २५ जना मुस्लिम धर्मप्रचारक र आफन्तको घरमा सेल्फ क्‍वारेन्टाइनमा बसेका भारतीय नागरिकलाई भारत सरकारको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो । 

 

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगन्ज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।


यसैगरी भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्‍वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसमध्ये पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३र२३ जना लगायत २५ जिल्लाका बासिन्दा छन् ।


वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालय र द्धारदेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा उनीहरुलाई राख्ने व्यवस्था मिलाइएको छ । ुक्‍वारेन्टाइनमा राखेर थ्रोट स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर पठाउने व्यवस्था मिलाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.