logo

हुण्डीको पैसा खाने प्रहरी कर्मचारी कारवाहीमा

      2/27/2020 गते 00 00 मा प्रकाशित     919   पटक पढिएको

बीरगंज १५ फागुन  । हुण्डी कारोवारीसंग मिलेर अनधिकृत रुपमा पैसा असुल गरेको आरोप लागेका तीन जना प्रहरी उपर पर्सा प्रहरीले कारवाही शुरु गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादव भने प्रतिवेदक बनेको हुनाले उनी कारवाही मुक्त भएका छन । 
हुण्डी कारोबारीसँग ७ लाख रुपैयाँ घुस लिएर भरियालाई छोडेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ कारबाहीमा परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले घुस रकम लिएको पुष्टि भएपछि थप कारबाहीका लागि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा बुझाइसकिएको प्रहरीको भनाइ छ । फागुन १४ गते नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको पर्साका प्रहरी नायव उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिनु भयो  ।

घुस लिएको ६ लाख ३५ हजार रकमसहित उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ ।


असई तामांगको कमाण्डमा रहेको प्रहरी टोलीले एक हप्ता गत फाल्गुन ७ गते बुधबारका दिन दिउसो २ बजेको समयमा इनर्वा गाउकै भुटन देवी मन्दिर अगाडीबाट एकजना हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेको थियो ।

सिमावर्ती भारतीय शहर रक्सौलका हुण्डी कारोबारी फुल हसनको हुण्डीको रकम लिएर आईरहेको उनका भरियाको साथबाट असई तामांगले २० लाख नेपाली रुपैया बरामद गरेका थिए ।

तर अवैध वित्तिय कारोबार गरेको आरोपमा २० लाख रुपैया सहित पक्राउ गर्नुको साटो असई तामांग नेतृत्वको टोलीले १३ लाख रुपैया सहित कारोबारीलाई फिर्ता पठाएर बाकी ७ लाख रुपैया चारैजना प्रहरीले बाडिचुडी खाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.