logo

पर्सामा वालिका बलात्कारको संख्या बढदो ,नियन्त्रण पक्ष बलियो बनाउन जोड

      12/25/2019 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

बीरगंज १० पुष  ।
पर्सामा ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको  छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समिक्षामा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो ।

 

इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले तथ्यांक सार्वजनिक गर्दै पर्सामा २०७५ पुस १८ गतेदेखि ०७६ पुष १० गते सम्म  सबैभन्दा बढी बलात्कारको  घटना भएको जानकारी गराउनुभयो ।

 

सार्वजनिक गरिएको तथ्यांक अनुसार पाँच बर्षदेखि १८ बर्षमुनिका बालिका बलात्कारको २५ वटा घटना भएको छ । १९ बर्षदेखि माथिका १८ वटा बलात्कारको  घटना भएको छ । त्यसैगरी ८ वटा आफन्तजन र परिवारजनबाटै हत्या भएको छ ।

 

बाल यौनदुव्र्यवहारका दुईवटा, हत्या प्रयास १ र अपरणको एउटा घटना भएको छ । त्यस्तै प्रहरीको गोली प्रहारको दुईवटा घटना भएको छ । मानव बेचविखनको चारवटा घटना भएको छ । एसिड प्रहारमा एउटा र बहुविवाहमा ६ वटा घटना इन्सेकले अभिलेख गरेको लामिछानेले बताउनुभयो ।

 

इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन । मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दावी गर्नुभयो । तथापी नियन्त्रण पक्ष बलियो हुनुपर्नेमा उहाँको जोड थियो ।

 

अपराधको घटना दर्ता हुदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउदै उहाँले यसमा घटना उजागर भएको भन्ने कोणबाट पनि हेर्नुपर्ने बताउनुभयो । पर्सा जिल्ला खुला सीमाका कारणले निकै अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउदै अपराध गरेर भाग्न सजिलो भएकोले नै भारतसँग सुपुर्दुगी सन्धी नभएकोले कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको बताउनुभयो ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको  सिफारिस कार्यान्वयन नहुनु दुखद भएको बताउनुभयो ।

 

तरपनि समाजमा हुने विभिन्न किसिमका मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको भन्दै इन्सेकले गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, मानवअघिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले गर्नुभएको थियो ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.