logo

ब्यवसायिक शिक्षा र प्राबिधिक तालिममा मेयर सरावगीको जोड 

      11/19/2018 गते 00 00 मा प्रकाशित     1025   पटक पढिएको

बीरगन्ज,३ मंसिर ।
वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले मान्छेलाई बिभिन्न रोजगार र स्वरोजगारका लागि योग्य बनाउने ब्यवसायिक तालिम र प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा संचालीत ३ महिने आधारभुत कम्प्युटर तालिमको समापन गर्दै सरावगीले यस्तो बताएका हुन ।

वीरगन्ज महानगरपालिकाको कार्यपालिका अहिले ब्यवसायिक तालिम र प्राविधिक शिक्षा अभिबृद्धी गराउनअभियानमा लागेको जानकारी गराउदै उनले यसैक्रममा यो तालिम आयोजन गरिएको बताए । 


वीरगन्ज महानगरपालिकाका बिभिन्न वडाका ४० जना सहभागिलाई समाजिक अध्ययन तथा जनसंचारकेन्द्र र संस्कृति संस्था मिलेर उक्त तालिम संचालन गरेका थिए ।

 

सोमवार संस्कृति कि अध्यक्ष शैली चौधरीको अध्यक्षतामा सम्पन्न उक्त तालिमको समापन तथा प्रमाणपत्र बितरण कार्याक्रमा  नेपाल पत्रकारमहासंघ, प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले आधारभुत तहको कम्प्युटर तालिममा सिककेको कुरा आगामी शिक्षा र ब्यवसायिक जीवनमा उपयोगी बनाउन सहभागिलाई आग्रह गरे ।

 

कार्यक्रममा बोल्द  अर्का आयोजक संस्था सामाजिक अध्ययन तथा जनसंचारकेन्द्रका अध्यक्ष रितेश त्रिपाठीले कम्प्युटर शिक्षालाई आजको आवश्यक्ता बताए ।  कार्यक्रमको संचालन सहजकर्ता तबरेज अहमदलेगरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.