logo

छठ पर्व ब्रतालुले आज अस्ताउदो सूर्यलाई अर्घ दिए

      11/13/2018 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

बीरगंज २६ कार्तिक । 
तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन ।

लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन् ।

छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परीवारमा सुख शान्ति छाउने विश्वास छ । छठी माईको आराधना गर्दा आफूले चाहेको कुरा पुरा भएको भनाई छ बीरगंज रानीघाट निवासी  सरिता देवी साहको  ।

आफूले पुत्र कामना गरेको त्यो पुरा भएकोले छठ पुजा गर्दै आएको उनले बताइन । उनले छठी माताको महत्व रहेको र माताको पूजा आराधनामा सफाईमा धेरै ध्यान दिनु पर्ने बताइन ।

छठ पर्वमा प्रकृति र सूर्य भगवानको उपसना हुने गर्दछ । किसानले उत्पादन गरेको कृषि उपज नै पूजाका सरदमको रुपमा प्रयोग गरिएका हुन्छन ।

सूर्यलाई अर्घ दिदा प्रसादको रुपमा ति सामाग्रीहरु पनि सर्मण गरेर ब्रतालुहरुले सूर्य भगवानलाई धन्यवाद दिन्छन । सूर्यले दिने प्रकाश सबैकालागि समान हुने भएजस्तै छठ पर्व पनि समानताको अर्को उदाहरण हो ।

अहिले त छर्ठ पर्वको महिमा बढदै जादा अन्य समुदायका ब्यक्तिहरुले पनि बडो भक्ति पूर्वक छठपर्व मनाउने गरेका छन । बिगत ४ वर्ष देखी छठ पूजा गर्दै आएकी कोपीला कडेलले छठ पूजा गर्न थालेपछि आफ्नो आत्मबिश्वास बढेको बताइन । मलै सन्तुष्टी पाएकी छु त्यही भएर माताको पूजा गर्छु उनले भनिन ।


हिजो बेलुका पूजा पश्चात खाएको प्रसाद को भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्नरजल ग्रहण गर्नेछन् ।

हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजा पछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको भोली बिहान सूर्य उदय हुदा सम्म ३६ घण्टा लामो निर्जल र निराहार व्रत बस्ने छन ।

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेका हुन । भोली बिान भोलि बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.