logo

बीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलको सरुवा

      8/31/2018 गते 00 00 मा प्रकाशित     1408   पटक पढिएको

काठमाडौं १६ भदौ । बीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलको सरुवा भएको छ । पोखरेलको सरुवा पछि अर्थ मन्त्रालयले वीरगञ्ज भन्सार कार्यालयको प्रमुखमा श्यामप्रसाद भण्डारी प्रमुख बनाएको छ।वीरगञ्जमा हाल कार्यरत सेवन्तक पोखरेललाई अर्थ मन्त्रालयमा लगिएको छ । उनी दुई वर्षअघि बीरगंज भन्सारमा आएका थिए   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखका रुपमा रहेका  भण्डारीलाई वीरगञ्ज पठाइएको हो। 

धादिङको प्रमुख जिल्ला अधिकारी रहेका भण्डारीलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेका थिए। भन्सारमा नयाँ कर्मचारी संरचनाअनुसार वीरगञ्जमा सहसचिवको दरबन्दी सिर्जना भएपछि भण्डारीलाई बीरगंज पठाइएको हो । 


भण्डारी वीरगञ्ज आएपछि रिक्त हुने स्थानमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागका उपमहानिर्देशक गजेन्द्र ठाकुरलाई जिम्मेवारी दिइएको छ। 

यसैगरी उपसचिव गोपाल खत्रीलाई वीरगञ्ज भन्सारको उपप्रमुखका रुपमा सरुवा गरिएको छ। 

भन्सारमा सरुवा भए पनि अर्थ मन्त्रालयअन्तर्गत नै आन्तरिक राजस्व विभागको रिक्त उपमहानिर्देशकको भने पदपूर्ति भएको छैन। तत्कालीन उपमहानिर्देशक डा नारायण रेग्मीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएपछि रिक्त स्थानमा पदपूर्ति हुन बाँकी छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.