logo

क्याम्पस प्रमुखले वार्ता भाँडेःबिद्यार्थी,हामी हमेसा वार्ताकालागि तयार छौः क्याम्पस प्रमुख

      8/30/2018 गते 00 00 मा प्रकाशित     1389   पटक पढिएको

बीरगंज १४ भदौ ।

ठाकुरराम बहुमुखी क्याम्पस प्रशासन र नेकपा निकट बिद्यार्थी संगठन वीच बिहिवार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । असफल वार्ताले क्याम्पसको वतावरण प्राज्ञिक बनाउनको साटो झनै तनाव सृजना गरेको छ ।

क्याम्पस प्रशासन झारा टार्ने हिसावले वार्तामा प्रस्तुत भएको बिद्यार्थी नेता प्रभाकर गुप्ताले बताए । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले  अनेरास्ववियूका दुबै संगठनको तर्फबाट बुझाईएको माग पत्रका बिषयमा कुनै तयारी बिना वार्तामा आएकोले वार्ता नभएको बिद्यार्थीहरुले बताएका छन । क्याम्पस प्रशासनले वार्ताको प्रपन्च रच्यो वर्ताको माध्यमबाट समास्याको हल खोज्ने उसको नियत नभएको प्रष्ट देखिएको अर्का बिद्यार्थी नेता शिवजी गुप्ताले बताउनु भयो ।

क्याम्पस प्रशासन बिद्यार्थी संगठलाई अपमानीत गर्ने र राजनीतिक पूर्वाग्रपूर्ण ब्यवहार गर्न उद्धत भएपछि वार्तामा समस्या आएको उहाँले बताउनु भयो ।

वार्तामा क्याम्पस प्रशासनले नै बिद्यार्थी संगठनलाई आमन्त्रण गरेको थियो । वार्तामा बसेपछि क्याम्पस प्रमुख डा.कुशवाहाले माँगहरु के छन भन्दै बिद्यार्थी संगठनका नेताहरुलाई सोधेका थिए । ज्ञापन बुझाएका बिद्यार्थी नेताहरुले भने हाम्रा माँगहरु समेत नपढी वार्तामा आएर के नाटक देखाउन खोजेको भन्दै क्याम्पस प्रशासनको आलोचना गरेका थिए ।

क्याम्पस प्रशासनले हालै मात्र राजनीति शास्त्रका बिभागीय प्रमुखलाई समाजशास्त्रको पनि बिभागीय प्रमुख बनाएको बिषयमा बिद्यार्थीले प्रश्न गरेका थिए । क्याम्पस प्रमुख डा. कुशवाहाले यो तपाईहरुको चासोको बिषय हैन तपाईहरुले बिद्यार्थीको हक हितको कुरा गर्नुहोस कर्मचारी, शिक्षकका बिषयमा उहाहरुकै संगठनहरुले कुरा गर्ने जावाफ दिएका थिए ।  क्याम्पसमा हुने हरेक गतिविधिमा आफूहरुको चासो र सरोकारको रहने भन्दै आफूहरुले क्याम्पस प्रमुखको भनाईको प्रतिवाद गरेको प्रभाकर गुप्ताले बताउनु भयो  ।

क्याम्पस प्रशासनको गैर जिम्मेवार रबैया र वार्ता भाँडने योजनाका कारण बार्ता असफल भएपछि आक्रोशमा बिद्यार्थीहरुले कुर्सी फालाफाल गरेका थिए । कुर्सी फालाफाल गर्दा सहायक क्याम्पस प्रमुख रोशन लामिछानेलाई सामान्य चोट लागेको बताइएको छ ।

अखिलका नेता प्रभाकर गुप्ताले क्याम्पस प्रमुखको राजनीतिक आग्रहपूर्ण तथा छुद्र ब्यवहारले वार्ता भाडियो र तोडफोड समेत भयो त्यसको जिम्मा क्याम्पस प्रमुखले लिनु पर्ने बताएका छन । उनले   क्याम्पसको स्वच्छ शैक्षीक वतावरणलाई धुमील पार्ने काम क्याम्पस प्रमुखबाट हुदै आएको दावी गर्दै प्राज्ञीक मर्यादा कायम गर्न नसक्ने र जनताका छोराछोरी पढने क्याम्पस बिगारेर आफनो नीजि क्याम्पस उकास्ने खेलमा प्रमुख लागेको आरोप लगाए  । क्याम्पस प्रमुख डा.कुशवाहा बीरगंजको ओम इन्टरनेशनल कलेजको संचालक हुन । वार्ता भाडिएपछि बिद्यार्थीहरुले ठाकुरराम बहुमखी क्याम्पसको लेखा शाखामा पनि तलाबन्दी गरेका छन । क्याम्पस प्रमुखको कार्यकक्ष,स्टोर शाखामा तालाबन्दी रहेकोमा आजबाट लेखा शाखामा समेत तालाबन्दी भएको छ ।

तर क्याम्पस प्रमुख डा. कुशवाहाले भने आफू जहिले पनि वर्ताको माध्यमबाट समास्याको हल खोज्न तयार रहेको बताए   । उनले आउने आइतवार बिद्यार्थी संगठनहरुसंग फेरी वार्ताको कार्यक्रम तय भएको जानकारी दिए । उनले बिद्यार्थीहरुले राखेको माग प्रति क्याम्पस प्रशासन सम्बेदनशील रहेको बताउदै वर्ताको वतावरण बनाउन समेत अपिल गरेका छन । अचानक अवस्था असमान्य बन्यो उनले भने  ‘नियत कसैको खराव जस्तो त लागेको थिएन’ १५ वटा जति काठको कुर्सीमा क्षति पुगेको छ ।

यसअघि भदौं ४ गते नै बिद्यार्थीहरुले  क्याम्पस प्रमुख परिवर्तन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत त्रिभुवन विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । त्यो भन्दा अगाडि बिद्यार्थीहरुले आफना माँगहरु पुरा नगरिएको भन्दै क्याम्पसको स्टोर शाखामा तालाबन्दी समेत गरेका थिए । साउन १७ गते बिद्यार्थीका बिभिन्न माँग पुरा गर्ने भन्दै क्याम्पस प्रशासनले सहमती जनाएको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसमा व्यापक अनियमितता भएको भन्दै बिद्यार्थी संगठनले उच्च स्तरीय छानविन समिति गठन गर्न माग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.