logo

निकुञ्ज प्रशासन मूर्दावाद,जनताले जोगाएको मध्यवर्ती क्षेत्रमा दादागिरी बन्द गर !

      8/28/2018 गते 00 00 मा प्रकाशित     2076   पटक पढिएको

काठमाण्डौ १३ भदौ ।  पर्सा राष्ट्रीय निकुञ्जले ठोरी गाउँपालिकाको ट्रिपर र ट्रयाक्टर नियन्त्रणमा लिएपछि स्थानीय र निकुञ्जवीचमा तनाव पैदा भएको छ ।


ठोरी गाउँपालिका कार्यालयले वडा नं. ५ सुवर्णपुरमा आफ्नै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेर सडक मरम्मत गरिरहेको थियो । मंगलवार  दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गडवालाइन पोस्टबाट खटिगएको सेनाको टोलीले ठूलो बाघमोर्चा गाउँको माझबाट ति साधनहरु नियन्त्रणमा लिएको हो । 


अविरल वर्षका कारण ठोरी गाउँपालिका यातायात पहुचबाट बिच्छेद भएको अवस्थामा बागमोर्चा खोलाबाट आवश्यक गिट्टी वालुवा झिकेर सडक मरम्मत गर्दा निकुञ्जले गाउँपालिकाको ट्रिपर ट्रयाक्टर नियन्त्रणमा लिएपछि निकुञ्जको यो कदमको सर्वत्र आलोचना गर्न थालिएको छ । 

 

 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खोलाबाट अनुमतिबिना ग्रेभेल निकालेकोले उपकरण नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए  । तर ठोरी गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठले वर्षाको कारण बिग्रेको सडक जनताको सहभागितामा मरम्मत गरिएको बताए ।

 

उनले सडक सम्याउदा चाहिएको २÷४ टिप ग्राभेल गाउँकै वीचको सडक छेउवटा झिक्दा आरक्षले जनआवश्यकतालाई नजरअन्दाज गरेर शासकीय दम्भ देखाएको टिप्पणी गरे ।  उम्बुलेन्स समेत चल्न नसक्ने अवस्थामा बाटो सम्याउदा निकुन्जले मानवीय सम्वेदनाको खिलाफमा काम गरेको श्रेष्ठले बताए ।


निकुञ्जले बस्ती समेत आफनो सीमा त्रि पर्छ भनेर स्थानीयसंग निहु खोजेको स्थानीयको आरोप छ । निकुञ्जले एक जना चाहलकलाई मंगलवारै मुक्त गरेको छ । ट्रिपर र ट्रयाक्टर भने गडुवालाईनमा रहेको निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको ब्यारेकमा राखेको छ । 


गएको जेठ २० देखी २४ सम्म निकुञ्ज क्षेत्र भित्र रहेको ओडार खोलाबाट एक्साभेटर प्रयोग गरे अनधिकृत रुपमा गिट्टी वालुवाको उत्खनन हुदा निकुञ्जले कुनै हस्तष्ोप गरेको थिएन । हुलाकी सडकको निर्माणको ठेक्का लिएको बानिया निर्माण सेवा नेपालको राजनीतिका एक हस्ती भएकोले पनि निकुञ्जले कुनै प्रतिक्रिया देखाएको थिएन । त्यही हुलाकी बाटोमा हिलोका कारण सदरमुकाम बीरगंजबाट बिच्छेद भएपछि ग्राभेल हाल्दा साधनहरु नियन्त्रणमा लिनु कतिको जायज हो भन्दै ठोरी प्रेमी कुमार भण्डारीले आफनो सामाजिक संजाल मार्फत रोषपूर्ण सवाल सोधेका छन । निकुञ्ज प्रशासनको यो कामको भत्र्सन गर्दछौ निकुञ्ज प्रशसन मूर्दावाद भन्दै आक्रोश पाखेका छन । 
पूर्व जनप्रतिनिधि समेत रहेका पत्रकार प्रताप श्रेष्ठले भने यसरी आन्दोलनको अपिल गरेका छ “ मनहरीका जनतालेआरक्ष हटाउनु प¥यो भनेर आन्दोलन गर्दा वन मन्त्रलयनै आएर गिडगिडाएको थियो ।

 

अव त्यो आन्दोलन ठोरी गाउँपालिकाबाट सुरु हुनु पर्छ । हात्तीले ज्यान लिंदा उद्धार गर्न नआउने निकुञ्ज, तस्करसंग जनताले लडदै जोगाएको मध्यवर्ति क्षेत्रमा दादागिरी गर्ने ? अब जनता जाग्नु प¥यो निकुञ्जका पिउनहरूलाई गाउँमा आउँदा हाकिम साव भन्दै लम्पसार पर्ने प्रबृतिले उनीहरुको मन बढेको हो ”
सामाजिक संजाल मार्फत निकुञ्जको यो कामको तिब्र आलोचना भएको छ । बानिया निर्माण सेवाले केही खान दिएकोले त्यतीबेला चुप भएको निकुञ्ज प्रशासन अहिले गाउँपालिकाले केही नदिएकोले यस्तो गरेको होला भन्ने टिप्पणीहरु पनि सामाजिक संजालमा देखिएका छन । 

पछिल्लो समय वर्षा सुरु भएसंगै ठोरी गाउँपालिकाका कच्ची सडकमा पानी जमेर खाल्डाखुल्डी बन्न थालेपछि गाउँपालिकाले बाटो ग्रावेलिङको काम थालेको थियो।हुलाकी सडक पानी पर्ने बित्तिकै हिलो हुने र आवतजावत नै गर्न नसकिने भएपछि सो सडकको विकल्पका रुपमा रहेको ठुलोबाघमोर्चा बाट ठोरी ४ बिशालचोकजाने सडक बर्षाको पानीले भत्काएर सवारी संचालन नै गर्न नसकिने भएपछि गाउँपालिकाले सडक मर्मत गरेर सुचारु गराउन थालेको थियो।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.