logo

ज्यानमाराको आरोप लागेको पप्पुको लापरवाहीले जब्दीघाटको पूल भासिएको ठहर

      8/28/2018 गते 00 00 मा प्रकाशित     1466   पटक पढिएको

काठमाण्डौ १३ भदौ ।  ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ ।

 

समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

 

यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणका मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेका महाशाखाले जनाएको छ ।


‘‘निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो’, उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ।’ यस्तै पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबबकैया नदीमा तोकिएको समयमै पुल नबनाएका कारण चारजनाको ज्यान गएको भन्दै सम्बिधान सभाका सदस्य सत्यनारायण भगतले मंगलबार कारबाहीको माग राखेर गृह मन्त्रालयमा किटानी जाहेरी दिएका छन् ।


पप्पु कन्सट्रक्शन पर्साको क्षेत्र नं ३ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनीयारको हो ।

 

०७४ चैत ८ गते उनी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेपछि कन्स्ट्रक्शनको काम आफूले छाडेर जेठो छोरा सुमीत रौनीयारलाई जिम्मा लगाएको बताउदै आएका छन ।  उनी आफू कम्पनीको प्रमुख हुदा गरेका सम्झौता ,काम र त्यसबाट उत्पन्न परिणामबाट उन्मुक्ति पाउने दलील सहित उनले जिम्मेवारी हस्तान्तरणको चर्चा गर्ने गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.