logo

महिला नेतृत्वका लागि सबैभन्दा चुनौति सँस्कृति र रितिरिवाजः सासद शेख

      8/27/2018 गते 00 00 मा प्रकाशित     1526   पटक पढिएको

बीरगंज ११ भदौ ।
महिला सञ्चारहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाले आफनो दोस्रो वार्षिक उत्सवको अवसरमा ‘महिला नेतृत्व अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

स्थानीय निकायमा नेपाल सरकारले अध्यक्ष पुरुष भए महिला अनिवार्य व्यवस्था गरेसंगै संघिय संरचनामा अहिले महिला नेतृत्व र अवसरको बारेमा चर्चा परिचर्चा शुरु भएको छ । यसै सन्दर्भमा मध्य नेपालले अन्तरक्रिया कार्यक्रम समपन्न गरेको हो । 

कार्यक्रममा सभासद शेख चाँद ताराले महिला नेतृत्वका लागि सबैभन्दा चुनौति सँस्कृति रितिरिवाज नै देखिएको बताईन् । संविधानमा बाध्यात्मक व्यवस्था गरिएका कारण तीन वटै तहमा महिलाहरुले अवसर पाएको उनले बताईन् । जागिरहरुको सवालमा भने कोटाको व्यवस्था गरिएकाले हामीले आफूलाई भाग्यामानी ठान्नुपर्ने बताएकी थिईन् । सदियौ देखी चलि आएको चलनलाई तोड्नु पर्ने भन्दै सभासद शेख चन्द ताराले अहिलेको मुख्य चुनौति हाम्रो सँस्कृति, रितिरिवाज परम्परा रहेको बताईन् । उनले भनिन् कानुनी हिसाबले हामीले विकसित मुलुकमा दिईने जस्ता अधिकार पाएपनी अझैपनि महिलालाई कसरी बाहिर पठाउने ? भन्ने चलन रहि आएकाले घर बाहिर निस्किएका महिलाहरुले समेत घर र बाहिर दुवैतिरको काम गर्नुपर्ने अवस्था सुधार गर्नुपर्ने उनले बताएकी थिईन् । 

कार्यक्रममा प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले विगतमा जस्तो अहिले महिला पीडित नभएको तर्क गरे । ‘समाज बनाउने नै महिलाले हो । किनकी पहिलो शिक्षक आमा नै हुन्छिन्, आमाले छोरा छोरीलाई विभेद नगर्ने हो भने त्यहीबाट रुपान्तरण शुरु हुन्छ ।’ उनले भने ‘ विगतमा जस्तो अवस्था अहिले छैन, महिला नै जिम्मेवार भएर आउनुपर्छ । 

अर्का वक्ता प्रदेश सभा सदस्य प्रल्हाद गिरीले महिलाले महिलालाई अर्थात सासुले बुहारीलाई गर्ने हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘महिला र पुरुषबीच टसल गरेर केहि हुँदैन, केहि समस्या दुवैतिरबाट छ ।’ उनले भने ‘दुवै मिलेर समाधान गर्नुपर्छ ।’ 

कार्यक्रममा बरिष्ठ पत्रकार जगदीश शर्माले शिक्षा र सम्पत्तिमा बराबरको हक नभएसम्म महिला पुरुषका बीचमा असमानता कायम रहने बताए । उनले राजनीतिक रुपमा मात्रै नभएर सामाजिक रुपमा अघि बढेका महिलाहरुलाई पनि उत्तिकै सम्मान दिनुपर्नेमा जोड दिए । ‘राजनीतिक रुपमा मात्रै महिला अघि बढेको हेरिन्छ, माईक्रो फाईनान्सबाट ऋण लिएर रोजगार भएर अघि बढेको महिलालाई पनि सम्मान गर्ने बानीको विकास हुनुपर्छ । राजनीति गर्ने महिला मात्रै गतिशिल अरु अगतिशिल भन्ने हुँदैन ।’ उनले भने ‘ अहिले महिलाहरुले अवसर पाएका छन्, अवसरसँगै चुनौति पनि आउँछ, त्यसको सामना गरेर अघि बढ्नुको विकल्प छैन, चुनैति भनेको परीक्षा हो त्यसमा उतिर्ण हुनैपर्छ ।’ 

कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरु लैंगिक रुपमा विभाजित भई महिला सशक्तीकरण नहुनुमा एक अर्कोलाई दोषी देखाएका थिए । कार्यक्रममा महिला प्रतिनीधिहरुले स्थानीय तहमा संवैधानिक प्रावधानहरु अनुसार महिलाको प्रतिनीधित्व देखिएपनि अझै पुरुषहरुकै हाली मुहाली रहेको गुनासो गरेका थिए । उप प्रमुखमा जितेका महिलाहरुलाई वडा अध्यक्षले समेत हेप्ने प्रवृत्ति विद्यमान रहेको उनीहरुको भनाई थियो । 
जवाफमा पुरुष जनप्रतिनीधिहरुले महिलाको हिंसा महिला ले नै बढी गरिरहेको भएपनि त्यसमा ध्यान नदिनु गलत भएको प्रदेश सांसद राजेश्वर साह तेलीले बताएका थिए । उनले विगतमा समस्या रहेपनि अहिले महिलाहरुका लागि जटिल अवस्था नरहेको दावी गरे । महिलाहरु नेतृत्वमा पुगेको भएपनि क्षमतामा ध्यान नदिएका कारण पर निर्भर देखिएको उनको भनाई रहेको थियो । 

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले सरकारले सामाजिक न्यायका लागि काम गरिरहेको बताउँदै सह अस्तित्वका लागि महिलाहरु पनि जागरुक हुनुपर्ने बताए । ‘राज्य आपूर्ति पक्ष हो, यसले सामाजिक न्यायका लागि काम गर्छ, ऐन नियम, कानुन र बजेट निर्माणमा राज्यको भूमिका हुन्छ । जुन भईरहेको पनि छ ।’ उनले भने ‘सहभागीता, समानता र मुल प्रवाहीकरणमा आउनका लागि महिलाहरु पनि अग्रसर हुनुपर्छ । बच्चा हुर्काउने, खाना बनाउने जस्ता कामहरु पुरुषसँग बाँड्नुपर्छ । ’ 

पोखरीया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियारले महिलाबाट नै बढी महिला हिंसा भईरहेको दावी गरे । ‘ हिजोआज पढेलेखेका र शिक्षित भनिने महिलाहरु अनपढ महिलासँग बस्न रुचाउँदैनन्, यो पनि एक प्रकारको हिंसा नभएर के हो त रु ’ उनले भने ‘ नेतृत्व तहमा पुगेका महिलाहरुले उनीहरुलाई पनि समेटेर अघि बढ्नुपर्छ । 

कार्यक्रममा बोल्दै पोखरीया नगरपालिकाकी उप मेयर शल्मा खातुनले श्रीमति एक्लै काम गर्न जादा वा केही निर्णय नै गर्नुपर्दा समाजले पचाउन नसक्ने जस्ता विकृतिहरुलाई निरुत्साहित गर्नुपर्ने बताएकी थिईन् । उप प्रमुख खातुनले महिलाले हरेक पाईलामा आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था विद्यमान रहेको बताईन् । ‘चुनाव सम्पन्न भएपछि मैले हरेक ठाउँमा आफूलाई प्रमाणित गर्नुपरिरहेको छ । पुरुष प्रतिनीधिहरुको कुरामा हो मा हो मिलाए ठिक हुन्छ, होईन भने चरित्र माथि नै प्रश्न उठाउँछन् । ’ उनले भनिन् ‘ म सँधै श्रीमानलाई बोकेर हिड्न त सक्दिन नी, सबै कामधन्दा छोडेर मेरो श्रीमान मेरो पछि लागुन् । म सँधै स्पष्टिकरण दिँदै हिड्ने हो भने मैले काम कहिले गर्ने रु’ 

विन्दवासीनी गाउँपालिकाकी उपप्रमुख किरण देवि गुप्ताले महिलालाई हेप्ने प्रवृत्ति चुनौतिको रुपमा देखिएको र काम गर्न समस्या भईरहेको बताईन् । महिला अधिकारकर्मी बबिता जयसवालले महिला जनप्रतिनीधिहरुको क्षमता विकास जरुरी रहेको बताईन् । 

मध्य नेपाल सन्देश पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा सञ्चारकर्मी तुलसी भण्डारी, नवराज घिमिरे, बलिराम यादव, अलि असगर देवान, विदुर खड्का महिला सञ्चारकर्मीहरुमा लक्ष्मी खरेल, माधुरी महतो, गिता भण्डारी, विमला गुप्ता, शोभा धमला, निलम पन्त, ईश्वरी श्रेष्ठ, सुप्रिया ढकाल, कृष्ण मोहन साह, सन्ध्या पौडेल लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो । 

अधिकारकर्मी एवं ठाकुरराम बहुमुखी क्याम्पसकी उप प्राध्यापक सुस्मा तिवारी द्विवेदीले महिला नेतृत्व अवसर र चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन् । भने कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, जिल्ला अध्यक्ष श्याम बन्जारा लगायतले मन्थब्य ब्यक्त गरेका थिए  ।  मध्य नेपाल सन्देश की सम्पादक कविता खड्काको सभापतित्व   समपन्न कार्यक्रमको संचालन गीता भण्डारीले गरेकी थिइन,। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.