logo

पर्साका सिडिओलाई पत्रकारको चुनौती दलाली गर्नेलाई कारवाही गर्न माग

      5/30/2018 गते 00 00 मा प्रकाशित     1399   पटक पढिएको

वीरगंज, १६ जेष्ठ।पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जोशमा होश गुमाउदा ठुलो आलोचना खेप्नु परेको छ । जेठ १४ गते जिल्ला प्रशासन कार्यालयमा दुर्गन्धीत अवस्थामा रहेको शौचालयको रेडियो रिपोर्ट बनाउन गएका स्थानीय पत्रकार प्रणय साहलाई दलाली गर्न आएको भन्दै सात्तो लिएपछि प्रजिअको आलोचना हुन थालेको हो ।

रेडियो रिपोर्टकोलागि प्रजिअको वाइट लिन उनको कार्यकक्षमा प्रवेश गरेर नमस्कार मात्र गरेका पत्रकार साहलाई प्रजिअ पौडेलले “तपाई सेटिङ्ग मिलाउन आउनु भएको दलाली गर्न आउनु भएको भन्दै थर्काएका थिए । नमस्कार गरेको हात तल झर्न नपाउदै एक्कासी गाली खान थालेपछि पत्रकार साहले पनि प्रतिवाद गरे । उनको प्रतिवादमा प्रजिअ पौडेलले“बीरगंजका पत्रकारको धन्दा दलाली गर्नु हो मलाई राम्रैसंग थाहा छ ” भनेका थिए ।

प्रमुख जिल्ला अधिकारीको रौद्र रुप देखेपछि पत्रकार साहले मोवाईल अन गरे रेकर्ड गर्न थाले । रेर्कड गर्न थालेको देखेपछि कडकिएका प्रमुख जिल्ला अधिकारी नरम हुदै मात्र गएनन । पत्रकार साहको प्रशंसा गर्दै क्षमा याचना पनि गरे । तर ममिला यति किन सल्टिन्थ्यो र १५ गते प्रमुख जिल्ला अधिकारी ठोरी अनुगमनमा गएकोले बुधवार पर्सेली पत्रकारहरु साढे १० बजे दलवल सहित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षतिर लागे ।

 पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा सचिव युवराज खड्काले प्रमुख जिल्ला अधिकारीसंग समय माग गरेका थिए । समय लिएर गएका पत्रकारले ११ बजे सम्म प्रवेश नपाएपछि आक्रोश बढ्दो थियो । उता पत्रकारको दलबल देखेर नै होला पर्साका प्रहरी प्रमुख प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रवेश गरे पछि मात्र पत्रकारलाई प्रवेश दिइयो ।

पत्रकारहरुको अगाडि पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले “आफूले सामुदायीक लांक्षना नलगाएको असमझदारीबस यस्तो भएकोमा क्षमा प्रार्थी छु ” । तर आधीघण्टा बाहीर प्रतिक्षा गर्नु परेको रिस समेत खेपेका पत्रकारले “पत्रकारीताको नाममा गोरखधन्दा चलाउने दलाली गर्नेहरुको बिषयमा छानविन गर्ने कारवाही गर्ने कुर्सी बसेर दालाल भन्न नपाइने भन्दै अनुसन्धान गरेर कारवाही गर्न चुनौती दिए” । प्रमुख जिल्ला अधिकारीले यस्तो गर्ने आँट गरे पत्रकार महासंघले सहयोग गर्ने समेत पत्रकारका अगुवाहरुले बचन दिएका थिए ।

पत्रकारहरुले शासकीय चिन्तन बोकेर पर्साका आएका प्रजिअलाई नियतमा समेत परिर्वतन ल्याएर काम गर्न चेतावनी दिएका छन । १० वर्ष अगाडि बीरगंज महानगरको कार्यकारी अधिकृत भएर बसेका प्रजिअ पौडेललाई बेला त्यही हो भन्ने नठान्न समेत पत्रकारले चेताएका छन ।

पत्रकारको टोलीमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने,पर्सा अध्यक्ष श्याम बन्जारा,पूर्व केन्द्रीय सदस्य महेश दास पर्साका उपाध्यक्ष अनुप तिवारी सचिव युवराज खडका भूषण यादव प्रदेश सदस्य जगत राई आर.के.पटेल शेखर छत्कुली श्रवण साह मनोज पटेल निरज पिठाकोटे लगायतका पत्रकारका बिभिन्न संसघसंस्थाका प्रतिनिधि तथा आम संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.