logo

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति सुधार गर्न प्रगतीशील प्राध्यापकको माग

      5/29/2018 गते 00 00 मा प्रकाशित     3007   पटक पढिएको

बीरगंज १५ जेठ ।
नेपाल प्रगतीशील प्राध्यापक संगठन ठाकुरराम बहुमुखी क्याम्पस समितिले मंगलवार नि।क्याम्पस प्रमुख डा.प्रमोद कुमार कुश्वाहालाई ध्यानाकर्षण पत्र बुझाएको छ । 


क्याम्पस प्रशासनकै  नेतृत्वमा परीक्षामा अनियमितता हुनु, आर्थिक अनियमिता, वेथिति, प्राध्यापकको मानमर्दन, क्याम्पसलाई एउटा दल बिशेषको राजनीति अखडामा रुपान्तरण गरिनु जस्ता काम भएको आरोप लगाउदै संगठनले यस्ता काम अत्यन्त दुखद र लाजमर्दो पक्ष हुन पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । 


मध्यतराईको प्रमुख शैक्षीक केन्द्रको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको अवस्थाको सुधार तथा विकासप्रति नेतृत्वको अनाकर्षण तथा वेवास्ताले शैक्षिक, प्रशासनिक, आर्थिक तथा परीक्षा लगायतका अवस्था दिनप्रतिदिन खस्किदै गएको प्रति संगठनले चिन्ता जाहेर गरेको छ ।


क्याम्पसमा सहायक क्याम्पस प्रमुखहरुको कार्यबिभाजन पनि आग्रहका आधारमा हुने गरेको ,शिक्षण अभ्यासका कार्यहरु अपारदर्शी भएको ,अस्थाका आधारमा मनोनय,नियुक्ति तथा जिम्मेवारी दिने काम भएको प्रति संगठनले गम्भिर चासो ब्यक्त गरेको छ ।

क्याम्पसमा हुने प्राज्ञीक छलफलमा मद्यपान गरेर  सहभागि हुनाले त्यसको गम्भिरताको खिल्ली उडाउने वतावरण निर्माण भएको भन्दै संगठनले यस्ता बेथिति सुधारमा तत्काल पहलकदमी लिन र सबैको अस्तितवलाई स्वीकार गरि अगाडि बढन क्याम्पस प्रशासनलाई आग्रह गरेको संगठनका अध्यक्ष बीरेन्द्र साहले बताएका छन ।


अध्यक्ष साहले देखिएका समस्याहरुको सहि निरुपणकोलागि क्याम्पस प्रशासनले चासो नदेखाए असमझदारी बढ्ने र त्यसले समस्याहरु झन जटिल बनाउने भएकोले पनि नेतृत्वलाई बेलैमा ध्यान दिन आग्रह गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.