logo

प्रदेश २ को बीरगंज र जनकपुरमा  भव्यताका साथ मनाइयो गणतन्त्र दिवस 

      5/29/2018 गते 00 00 मा प्रकाशित     958   पटक पढिएको

जनकपुरधाम, १५ जेठ  । प्रदेश नं .२को सरकारले आज गणतन्त्र दिवस भव्यताका साथ मनाएकोे छ । शहीदहरुको बलिदानी पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले गणतन्त्र दिवस मनाएको हो । 


दिवसको अवसरमा प्रदेश सरकारले मंगलवार विहान जानकी मन्दिरबाट शुरु गरेको प्रभात फेरी रामानन्द चौक, पिराडी चौक हुँदै जनकपुर चुरोट कारखाना स्थित कवर्डहल पुगेर सभामा परिणत भएको थियो । 


गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक एवं मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, उच्च अदालत जनकपुरका न्यायधीश, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु व्यापक सहभागिता रहेको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने जिम्मेवारी सबैको रहेको बताए  । 


गणतन्त्रका प्रथम अभियन्ता रामराजा प्रसाद सिंहलाई स्मरण गर्दै मुख्यमन्त्री राउतले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिने ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले २००७ सालको क्रान्ति देखी विभिन्न चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादीको जनयुद्ध र मधेश विद्रोहको जगमा मुलुक लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरेको उल्लेख गरे। 


यस अघि हिजो विहान गणतन्त्र दिवसकै अवसर पारेर जानकी मन्दिर देखी रामानन्द चौक सम्म सरसफाई समेत गरिएको थियो ।


यसैवीच बीरगंजमा पनि स्वतन्त्र मानव अधिकार समाजाको आयोजनामा ११ औ गणतन्त्र दिवसको अवसरमा र्याली तथा कोण सभा सम्पन्न भएको छ । समाजको आयोजनामा नागरिक अगुवा ।

राजनीतिक दलका नेता तथा प्रशासनीक निकायका प्रमुखहरुको सहभागिता रहेको र्याली बीरगंजको घण्टाघरबाट शुरु भई आदर्शनगर परिक्रमा गरि पून घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

समाजका अध्यक्ष कृष्ण कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी.लामिछानेले शहीदको बलिदानीको जगमा स्थापित भएको गणतन्त्रलाई संस्थागत गर्न सबै एक हुनु पर्नेृ बताए । उनले नाताबाद कृपाबाद भ्रष्टाचार जस्ता बेथीतीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बिकृत र कमजोर बनाउने भएकोले नागरिक खवरदारीको सबदैव खाँचो रहेको बताए ।

 

नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले समाजवादी अर्थतन्त्रको माध्यमबाट नेपाली जनताको समृद्धि खोजी गरिनु पर्नेमा जोड दिए । उनले जनताको आकंक्षा र अपेक्षालाई नजरअन्दाज गरे गणतन्त्रप्रतिको नागरिक बिश्वास मरेर जाने तर्फ सचेत गराए ।

समाजका महासचिव ध्रुव अधिकारीले संचालन गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बाबुराम कौशीक,शम्भु गुप्ता,राजपाका नेता राजेशमान सिंह नेजामुदिन समानी ,रम्भा मिश्र,समाजवादी महिला नेतृ बिना बैठा नेविसंघका पर्सा अध्यक्ष दिलीप कार्की नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिति रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.