logo

रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ - प्रम ओली

      5/27/2018 गते 00 00 मा प्रकाशित     869   पटक पढिएको

काठमाडौं १३ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छन  । सरकारले पुरा गर्नसक्ने कामलाई मात्र नीति तथा कार्यक्रममा राखिएकोल महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताए  ।

 गत जेठ ७ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

“यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भने “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताए  ।

 सरकारले सुशासन,स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले  दिवास्वपना  पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भने “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”

 प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पूनः मरम्मत गरेर  सञ्चालनमा ल्याइएको बताए  । सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताए  । प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताए  । प्रधानमन्त्री ओलीले सबैलाई एकताबद्ध भएर समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताए  ।

प्रतिपक्षी दलहरुले तीन बर्षमा हुने काम तीन महिनामा किन भएन भनेर गरेको प्रश्नप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने  “साथीहरुलाई म प्रति कत्रो विश्वास रहेछ । तीनबर्षमा हुने काम तीनै महिनामा गर्नेछ भन्ने विश्वासका आधारमा वहाँहरुले यस्तो प्रश्न गर्नुभएको हो ।”

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिएका छन । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.