logo

नेपालमा भारतीय प्रधानमंत्री मोदीको नागरिक अभिनन्दन अस्वभाविक - राप्रपा 

      5/23/2018 गते 00 00 मा प्रकाशित     1086   पटक पढिएको


बीरगंज ९ जेठ । 
राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपालमा भएको नागरिक अभिनन्दन अस्वभाविक भएको बताएका छन  ।

 

पार्टीको राष्ट्रीय परिषदको बैठकले पारित गरेका प्रस्तावहरुको बिषयमा जानकारी दिन बुधवार बीरगंजको होटेल सुरजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भारतले लगाएको नाकाबन्दी प्रति दुःख प्रकट नगरिएको र  नेपाली जनताले बनाएको सम्बिधानलाई भारतले स्वागत नगरि सकेको अवस्थामा भारतीय प्रधानमंत्रीको नेपालमा नागरिक अभिनन्दन स्वभाविक मान्न नसकिएको बताएका हुन  ।

 

भारती प्रधानमंत्री नरेन्द्र मोदीको बैशाख २८ गते भएको दुई दिने राजकीय भ्रमणको क्रममा प्रदेश २ को राजधानी जनकपुर ,काठमाण्डौ र मुक्तिनाथमा नागरिक अभिन्नदन भएको थियो ।


उनले  सम्बिधान र प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी मान्यता हावी हुन्छ की भन्ने चिन्ता बढेको बताए ।  धर्म परिर्वतन भ्रष्टाचार र सम्बिधानको आवरणमा बिकसीत हुन लागेको सर्वसत्तावाद र बाह्य हस्तक्षेपलाई राष्ट्र निर्माणको चुनौतीका रुपमा राप्रपाले पहिचान गरेको उनले स्पष्ट पारे  । 


बैठकले सराजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्र पूर्नस्थापनाकालागि  आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । 


राप्रपाले ०७५ फाल्गुण ७ गतेदेखी हिन्दूराष्ट्र पूर्नस्थापनाकालागि आन्दोलन गर्ने निर्णय गरेको छ । हिन्दू राष्ट्रको बिषय राजनीतिक मुद्धा भएकोले र नेपालमा फागुण ७ को दिनमा घोषणा भएका आन्दोलनहरु सफल भएकोले त्यही आन्दोलनकोलागि त्यही दिन छानेको समेत अध्यक्ष थापाले बताए ।

 

बैठकले नेपाली काग्रेसको धोका,कमजोर संगठन ,आफनो एजेण्डा छाडेर सरकारमा सामेल भएको भ्रमलाई चिर्न नसक्दा चुनाव हार्नु परेको निष्कर्ष  निकालेको उनले बताए । 


परिषदको बैठकले बिभिन्न समुहमा बिभाजित राप्रपाका अन्य घटकहरुलाई एकतामा आउन समेत अपिल गरेको छ । बैठकले राजनीतिक तथा बैचारिक कार्यदिशा संगठनात्मक सुदृढिकरण र प्रशिक्षण सम्बन्धी प्रस्तावहरु परिमार्जन सहित पारित गरेको छ । 


बैठकमा केन्द्रीय कार्यसमिति ७७ जिल्लाका अध्यक्ष ,क्षेत्रीय अध्यक्ष महानगर उपमहानगरका अध्यक्ष जनसंगठनका अध्यक्ष सहित गरि ७ सय २५ जनाको सहभागिता रहेको थियो । तीन दिन सम्म चलेको बैठकमा ७ समुह बनाई छलफल चलाइएको थियो ।


पत्रकार सम्मेलनमा पार्टीका नेताहरु बुद्धिमान तमाङ राजीव पराजुली जयन्त चंद भूवन पाठक लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.