logo

नेपालमा भारतीय प्रधानमंत्री मोदीको नागरिक अभिनन्दन अस्वभाविक - राप्रपा 

      5/23/2018 गते 00 00 मा प्रकाशित     950   पटक पढिएको


बीरगंज ९ जेठ । 
राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपालमा भएको नागरिक अभिनन्दन अस्वभाविक भएको बताएका छन  ।

 

पार्टीको राष्ट्रीय परिषदको बैठकले पारित गरेका प्रस्तावहरुको बिषयमा जानकारी दिन बुधवार बीरगंजको होटेल सुरजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भारतले लगाएको नाकाबन्दी प्रति दुःख प्रकट नगरिएको र  नेपाली जनताले बनाएको सम्बिधानलाई भारतले स्वागत नगरि सकेको अवस्थामा भारतीय प्रधानमंत्रीको नेपालमा नागरिक अभिनन्दन स्वभाविक मान्न नसकिएको बताएका हुन  ।

 

भारती प्रधानमंत्री नरेन्द्र मोदीको बैशाख २८ गते भएको दुई दिने राजकीय भ्रमणको क्रममा प्रदेश २ को राजधानी जनकपुर ,काठमाण्डौ र मुक्तिनाथमा नागरिक अभिन्नदन भएको थियो ।


उनले  सम्बिधान र प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी मान्यता हावी हुन्छ की भन्ने चिन्ता बढेको बताए ।  धर्म परिर्वतन भ्रष्टाचार र सम्बिधानको आवरणमा बिकसीत हुन लागेको सर्वसत्तावाद र बाह्य हस्तक्षेपलाई राष्ट्र निर्माणको चुनौतीका रुपमा राप्रपाले पहिचान गरेको उनले स्पष्ट पारे  । 


बैठकले सराजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्र पूर्नस्थापनाकालागि  आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । 


राप्रपाले ०७५ फाल्गुण ७ गतेदेखी हिन्दूराष्ट्र पूर्नस्थापनाकालागि आन्दोलन गर्ने निर्णय गरेको छ । हिन्दू राष्ट्रको बिषय राजनीतिक मुद्धा भएकोले र नेपालमा फागुण ७ को दिनमा घोषणा भएका आन्दोलनहरु सफल भएकोले त्यही आन्दोलनकोलागि त्यही दिन छानेको समेत अध्यक्ष थापाले बताए ।

 

बैठकले नेपाली काग्रेसको धोका,कमजोर संगठन ,आफनो एजेण्डा छाडेर सरकारमा सामेल भएको भ्रमलाई चिर्न नसक्दा चुनाव हार्नु परेको निष्कर्ष  निकालेको उनले बताए । 


परिषदको बैठकले बिभिन्न समुहमा बिभाजित राप्रपाका अन्य घटकहरुलाई एकतामा आउन समेत अपिल गरेको छ । बैठकले राजनीतिक तथा बैचारिक कार्यदिशा संगठनात्मक सुदृढिकरण र प्रशिक्षण सम्बन्धी प्रस्तावहरु परिमार्जन सहित पारित गरेको छ । 


बैठकमा केन्द्रीय कार्यसमिति ७७ जिल्लाका अध्यक्ष ,क्षेत्रीय अध्यक्ष महानगर उपमहानगरका अध्यक्ष जनसंगठनका अध्यक्ष सहित गरि ७ सय २५ जनाको सहभागिता रहेको थियो । तीन दिन सम्म चलेको बैठकमा ७ समुह बनाई छलफल चलाइएको थियो ।


पत्रकार सम्मेलनमा पार्टीका नेताहरु बुद्धिमान तमाङ राजीव पराजुली जयन्त चंद भूवन पाठक लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.