logo

मानव अधिकारको अवस्था नाजुक हुदै गएको प्रति अधिकारकर्मीको चासो ,कमजोरी हुन नदिने प्रहरी प्रमुखको प्रतिवद्धता

      5/22/2018 गते 00 00 मा प्रकाशित     714   पटक पढिएको

बीरगंज ९ जेठ ।

पर्सा जिल्लाको बिग्रदो मानव अधिकारको अवस्थाको बारेमा मानव अधिकारकर्मीले चासो राखेका छन । बुधवार पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकाललाई भेटेर मानव अधिकारकर्मीले मानव अधिकार उल्लंघनको बिषयमा आफनो चासो ब्यक्त गरेका हुन । 


पर्सा जिल्लामा पछिल्लो समयमा घटनामा असम्बन्धीत मान्छेलाई पनि मुद्धा दर्ता गरेर दुःख दिन थालिएको भन्दै अधिकारकर्मीले चिन्ता समेत ब्यक्त गरेका छन ।

अपराधिक घटनाका दोषीहरु कानूनको दायरामा नआउने तर निर्दोषहरुले मुद्धा खेप्नु पर्ने अवस्था देखिएको प्रति आफूहरुले चासो ब्यक्त गरेको स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण खनालले बताए । अपराधीहरुले उन्मुक्ति पाउन तर निर्दोष नफसोस भन्ने बिधिशास्त्रको बर्खिलापमा गएर पर्सा प्रहरीले भूमिका निर्वाह गरेको भन्दै अधिकारकर्मीले पर्सा प्रहरीको ध्यानाकर्षण गराएका छन ।


श्रीमान श्रीमतीको झगडामा तेश्रो असम्बन्धीत युवालाई मुदा चलाएर हिरासतमा राखेको ,लागूऔषध गाजाको कारोवारमा असम्बन्धीत युवाहरुलाई मुद्धा चलाएको र बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तहरु राजनीतिक संरक्षण पाएकै आधारमा कानूनको दायरामा ल्याउन नसकेको वर्तमान अवस्थामा  मानव अधिकार मैत्री वतावरणको निर्माण,मानव अधिकारको रक्षा ,प्रर्वद्धन र प्रत्याभूतीको लागि पर्सा प्रहरीको ध्यानाकर्षण गराइएको अध्यक्ष खनालले बताए । 


    पर्सा जिल्लामा  पछिल्ला दिनहरुमा प्रहरीको अनुसन्धान प्रक्रिया निकैनै आलोचीत हुदै आएको छ । अपराधमा संलग्न नभएका मान्छेहरुलाई पनि मुद्धा चलाउने काम भएको छ । पीडामा परेका ब्यक्तिहरुले न्यायको अनुभूती पाउन सकेका छैनन । राजनीतिक आडमा आग्रहपूर्ण ब्यवहार प्रहरीबाट हुनुलाई कदापी राम्रो मान्न सक्ने अवस्था छैन । तर्सथ नागरिकको जीउ धनको प्रमुख रक्षक नेपाल प्रहरीको भूमिका निष्पक्ष होस, न्यायको पक्षमा होस भन्नकालागि यो ध्यानाकर्षण गराइएको छ । अधिकारकर्मीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 


अधिकारकर्मीहरुको चासोलाई सम्मान गर्दै पर्साका प्रहरी प्रमुख रेवती ढकालले प्रहरीको तर्फबाट कमजोरी हुन नदिने प्रतिवद्धता जनाएको अध्यक्ष खनालले बताए । मानव अधिकारको सवालमा प्रहरी संगठन सम्बेदनशील रहेको उहाँले स्मरण गराउनु भयो अध्यक्ष खनालले भने । 


खनालको नेतृत्वमा गएको टोलीमा राजकुमार यादव,मुकेश सरावगी,ध्रुव अधिकारी नन्दकिशोर यादव ,लालबाबु सिंह,हरेन्द्र पटेल,दिपक साह कानु र दिपक पटेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.