logo

पर्सा, बारा, रौतहटमा लामो समयसम्म ठेक्का पूरा नगर्ने पप्पु सहित ३१ को सूची तयार

      5/22/2018 गते 00 00 मा प्रकाशित     2271   पटक पढिएको

वीरगंज, ६ जेठ ।
    गृह मन्त्रालयले ठेक्का सकार गरी समयमा ठेक्का पूरा नगरेका ठेकेदारविरुद्ध सात दिनभित्र लगत खडा गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेपछि अहिले अधूरा काम गरेर काम सम्पन्न नगरेका ठेकेदारहरूको सूची तयार गर्ने कार्य जोडतोडका साथ चलिरहेको छ । 


    यसै क्रममा स्वास्थ्य भवन निर्माण एकाइ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पर्सा, बारा, रौतहटमा लामो समयदेखि स्वास्थ्य भवन निर्माण र क्वाटर निर्माणको ठेक्का सकार गरी काम पूरा नगर्ने ३१ वटा ठेकेदार कम्पनीको सूची तयार गरेको छ । भवन डिभिजन कार्यालय, पर्साले २०६२ सालदेखि हालसम्म ठेक्का सकार नगरेर अधूरो काम राखेका ३१ जनाको सूची तयार गरेकोमा पर्साका १८ वटा अधूरा योजना देखिएको छ भने बारामा ८ र रौतहटमा ५ वटा योजना लामो समयदेखि अधूरो अवस्थामा रहेको  प्रतीक दैनीकको समाचारमा छ । 


    स्वास्थ्य भवन निर्माण एकाइ डिभिजन कार्यालय पर्साले तयार गरेको सूचीमा पर्साको हरपतगंज उपस्वास्थ्य चौकीमा हेल्थपोस्ट निर्माणको लागि २०६७/३/२४ मा बिरुवारजिया कन्स्ट्रक्सनले लिएको ठेक्का २०६८/३/२३ मा सम्पन्न गर्नुपर्नेमा अन्तिमपटक २०७२ सालमा म्याद थप भए पनि हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको छ । 
    यसैगरी लिपनीबिर्तामा हेल्थपोस्ट निर्माणको लागि २०६७/२/५ मा सम्झौता भएर २०६८/५/४ मा सम्पन्न हुनुपर्ने काम २०७३ सालमा म्याद थप भए पनि हालसम्म ९५ प्रतिशत मात्र काम भएको छ । यो ठेक्का डाँफे तिरूपतिले संयुक्तरूपमा लिएका हुन् । 


    यसैगरी गादी उपस्वास्थ्य चौकी हेल्थपोस्ट निर्माणको लागि २०६७/३/२४ मा सम्झौता भएकोमा २०६८/६/२३ मा कार्य सम्पन्न गर्नुपर्नेमा २०६८/९/२३ मा म्याद थप भए पनि हालसम्म ९० प्रतिशत मात्र काम सम्पन्न भएको सो कार्यालयले जनाएको छ । यो ठेक्का लोकप्रिय, अकेला र शमा कन्स्ट्रक्सनले संयुक्तरूपमा लिएका हुन् । 
    यसैगरी भवानीपुर, भेडिहारीमा उपस्वास्थ्य चौकी भवन निर्माणको लागि स्वस्थिक श्री विनायक कन्स्ट्रक्सनले २०६७/३/१७ र २५ गते दुईवटा टेन्डर सकार गरी सम्झौता गरेकोमा अन्तिमपटक २०७० सालमा म्याद थप भए पनि हालसम्म एक ठाउँमा ४० प्रतिशत र एक ठाउँमा ८५ प्रतिशत मात्र काम सम्पन्न गरेको भवन कार्यालयले जनाएको छ । 
    पोखरिया अस्पतालमा स्टाफ क्वाटर भवन निर्माणको लागि २०६८/११/१९ मा सम्झौता भएको र २०७०/१/१८ मा कार्य सम्पन्न हुनुपर्नेमा २०७२/७/१५  अन्तिम म्याद थप भए पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । यो ठेक्का विशाल एन्ड विराट कम्पनी जोरपाटीले लिएको हो । पर्साकै पोखरिया अस्पतालमा चिकित्सकहरूको लागि क्वाटर भवनको अर्को ठेक्का पप्पु र तिरूपतिले संयुक्तरूपमा लिएकोमा सो ठेक्का पनि २०७०/८/१४ मा सकिनुपर्नेमा २०७३/६/३० मा अन्तिम म्याद थप भएर पनि हालसम्म काम पूरा हुन सकेको छैन । त्यहाँ ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । 


    यसैगरी सम्भौता स्वास्थ्य भवन निर्माण काम २०७२र३र१६ मा सकिनुपर्नेमा हालसम्म ८० प्रतिशत मात्र काम भएको छ । यो ठेक्का शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखाले लिएको हो । 
    स्वास्थ्य चौकी भवन औराहाको काम पनि २०७२ सालमा सकिने गरी म्याग्लुङ, टौदह, पञ्चकन्या जेभी ललितपुरले संयुक्तरूपमा लिएकोमा हालसम्म ८५ प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । निचुटा स्वास्थ्य चौकी निर्माण २०७२/३/१४ मा सकिनुपर्नेमा मोना र अङ्कित कन्स्ट्रक्सनले संयुक्तरूपमा लिएको ठेक्का अहिलेसम्म ८५ प्रतिशत सकिएको छ । 


    पटेर्वा सुगौली स्वास्थ्य चौकीको काम ४५ प्रतिशत मात्र भएको छ । २०७३ सालमैं सम्पन्न हुनुपर्ने यो ठेक्का अजम्बर र शिवराम कन्स्ट्रक्सन दोलखाले संयुक्तरूपमा लिएका हुन् । शङ्करसरैया स्वास्थ्य चौकी भवन पनि सोही कम्पनीले लिएकोमा हालसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 
    पर्साकै विन्दवासिनी स्वास्थ्य चँैकीको काम शमा, सन्तोष वीरगंजले संयुक्तरूपमा लिएकोमा २०७२ सालमा सम्पन्न हुनुपर्ने यो काम अहिलेसम्म ९५ प्रतिशतमा अडकिएको छ । देउरवाना स्वास्थ्य चौकीको काम पनि १८ महिनामा पूरा गर्नेगरी विशाल एन्ड विराट कन्स्ट्रक्सन जोरपाटीले लिएकोमा अहिलेसम्म ७५ प्रतिशत काम मात्र भएको छ । 


    महुवन स्वास्थ्य चौकीको काम पनि २०७२ सालमा सम्पन्न हुनुपर्नेमा अजम्बर, वनशक्ति ठोरी पर्साले लिएको यो ठेक्का ९५ प्रतिशत काममा अडकिएको छ । 


    रौतहटमा पनि स्वास्थ्य चौकी भवनको कामको ठेक्का लिएका युनाइटेड बिल्डर्स, पप्पु, विएस, विनायक बिल्डर्सले संयुक्तरूपमा २०६४ सालमा सम्पन्न गर्नुपर्ने अस्पताल भवन निर्माण हालसम्म ९६ प्रतिशत काम पूरा गरी अडकाइएको छ । यसैगरी रौतहटकै महम्मद हेल्थपोस्ट भवन निर्माण काम अन्जना निर्माण सेवा कम्पनीले ८० प्रतिशत काम गरेर २०६८ सालदेखि अधूरा राखेको छ ।

 

रौतहटकै जिङ्गडवा, बेलबिछवा स्वास्थ्य चौकीको काम अजम्बर र शिव कन्स्ट्रक्सन, दोलखाले संयुक्तरूपमा सकार गरेकोमा अहिले २५ प्रतिशत काम मात्र भएको छ । यो ठेक्का २०७२ सालमा सम्पन्न हुनुपर्ने थियो । यसैगरी रौतहट, गम्हरिया, पर्साको स्वास्थ्य चौकी भवन निर्माण काम २०७३ मा सम्पन्न हुनुपर्नेमा आरपी, राजदेवी भक्त गौरले संयुक्तरूपमा पूरा गर्न सकेको छैन । २० प्रतिशत काम मात्र गरेर रोकिएको छ । 
    बारामा विएस कन्स्ट्रक्सन हेटौंडा, डाँफे, तिरूपति, बिरुवा कन्स्ट्रक्सन बानेश्वर, विशाल एन्ड विराट र शिवशक्ति, धनञ्जय, चौधरी कन्स्ट्रक्सन गौरले २०७३ सालमा सम्पन्न गर्नुपर्ने काम हालसम्म सम्पन्न गरेका छैनन् । उनीहरूले २० देखि ९० प्रतिशत मात्र काम पूरा गरी अधूरा राखेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.