logo

जुन सम्बिधानले मुख्यमंत्री बनायो त्यही अपुरो छ भन्नेको भ्रममा नपरौ ः नेता यादव

      5/15/2018 गते 00 00 मा प्रकाशित     1042   पटक पढिएको

बीरगंज १ जेठ ।
नेपाल संघीय समाजवादी पार्टी पर्साको अध्यक्षमा हरेन्द्र साह कानु चयन भएका छन । बीरगंजको नगर सभागृहमा मंगलवार आयोजना गरिएको  जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले साहलाई अध्यक्षमा चयन गरेको हो । 

 


बीरगंजको नगरसभागृहमा सम्पन्न वृहत भेलाले हरेन्द्र साह कानुको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

 

समितिको उपाध्यक्षमा महम्मद नसुरल्लाहा मियां, सचिवमा बालेश्वर चौधरी, सहसचिवमा पप्पु चौरसिया र सदस्यहरुमा उमेश गिरी, समिम मिया, ममरुद्दिन अन्सारी, हरिशंकर साह, सिनरिखिया देवी कंकड, विजय कुशवाहा, गौरा चौधरी, फरियाद अहमद, अनिल पटेल, दिपेन्द्र पटेल लगायतका रहेका छन् ।

 


कार्यकर्ता भेलाको उद्घाटन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले संविधान स्वीकार गरी मन्त्री, मुख्यमन्त्री बन्ने तर सोही संविधान अपुरो छ भन्नेहरुले जनतालाई मुर्ख बनाएकोले  भ्रममा नपर्न आम जनतलाई अपिल गरे ।  


उनले वैज्ञानिक समाजिक नीति भन्ने माओवादी, एमाले हाल सत्ताका लागि एकिकरण हुन लागेको बताउदै पर्सामा प्रहरी प्रशासनको निष्कृयताका कारण गाउं गाउंमा तस्कर अपराधिहरुले आतंक मच्चाएको दावी चर्चा गरे । 
उनले शोषित पीडित जनताको अधिकारकोलागि अब अर्को आन्दोलन शुरु हुने बताउदै त्यो आन्दोलनले नेताको घर, टोल, नाता र समुदायको मात्र विकास गर्नेहरुलाई समाप्त पार्ने चेतावनी दिए  ।

 
कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले चुनाव पछि पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन भेलाको आयोजना गरिएको र गरिव, दलित, असहायको पक्षमा पार्टीले काम गर्दै आएको स्पष्ट पारे ।
कालिकामाई गाउंपालिकाका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य नथुनी कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य विना देवी वैठा, कविता चौधरी, भिष्म सिंह, इम्दाद गद्दी, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनाल, वान प्रदेश नम्बर २ का अध्यक्ष आर.सि.यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्र सन्दीप चौरसियाले संचालन गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.